पाठेघर खस्ने समस्या पहिचान शिविर

पाठेघर खस्ने समस्या पहिचान शिविर

दैलेख, चैत ३० – दैलेखको बिन्ध्यवासिनी गाविसको आर्थिक सहयोग तथा प्रजनन् अधिकार मञ्च बिन्ध्यवासिनीको आयोजनामा पाठेघर खसेका महिलाको समस्या पहिचान सम्वन्धी १ दिने शिविर टाटामाखुमा आज सम्पन्न भएको छ । UP sibir
शिविरका लागि बिन्ध्यवासिनी गाविसले चालू आर्थिक वर्षको महिला लक्षित बजेटबाट ३५ हजार रुपैंयाँ दिएको थियो । सो कार्यक्रमको समन्वय जिल्ला स्वास्थ्य कार्यालय र महिला सशक्तिकरण मञ्चले गरेको हो ।
सो शिविरमा कुल १ सय ५ जनाको स्वास्थ्य परीक्षण गरिएका मध्ये १४ जनालाई पाठेघरको अप्रेशन गर्न सिफारिस गरिएको शिविरका संयोजक महिला प्रजनन् अधिकार कार्यक्रमका जिल्ला संयोजक दुर्गा खत्रीले जानकारी दिनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालयका डा. हरिकृष्ण लामिछाने, पब्लिक हेल्थ नर्स हरिकला थापा, बिन्ध्यवासिनी स्वास्थ्य चौकीका सिअहेव चन्द्रबहादुर बिक, नेपाल परिवार नियोजनकी स्टाफ नर्स कुसुम हमालको टोली महिलाहरुको स्वास्थ्य परीक्षण गरेको थियो ।
शिविर सम्पन्न भएपछि भएको समीक्षा कार्यक्रम गाविस सचिव युवक हमालले शिविरले महिला स्वास्थ्य सेवा प्रभावकारी बनाउन सबै निकायलाई सम्वेदनशील बनाएको बताउनुभयो ।
समीक्षा कार्यक्रममा महिला सशक्तिकरणमञ्चका अध्यक्ष डिलकुमारी चन्द, बिन्ध्यवासिनीको महिला सञ्जालका अध्यक्ष मन्धरा मल्ल र बिन्ध्यवासिनी स्वास्थ्य चौकीका इञ्चार्ज सिअहेव चन्द्रबहादुर बिकले बिन्ध्यवासिनीमा महिला लक्षित कार्यक्रम जिल्लाकै उत्कृष्ट रुपमा परिचालन भएको दाबी गर्नुभयो ।

प्रतिक्रिया