लागु औषध दुरुपयोग सम्बन्धि अभिमुखिकरण

लागु औषध दुरुपयोग सम्बन्धि अभिमुखिकरण

दुर्गा गिरी
दैलेख, लागु औषध दुरुपयोग विरुद्धको चेतनामूलक सन्देश फैलाउन सरोकारवालाहरुलाई अभिमूखिकरण दैलेखमा सम्पन्न भएकोछ । अभिमूखिकरणमा जिल्ला स्थित राजनैतिक दल, विद्यार्थी, सरकारी निकाय, गैर सरकारी संघ संस्था, नागरिक समाज, संचारकर्मीहरु सहितको सहभागिता थियो । गृह मन्त्रालयले आयोजना गरेको अभिमूखिकरणबाट जिल्लामा लागु औषध दुव्र्यसनी, त्यसको ओसारपसारमा न्यूनिकरण हुने अपेक्षा गरिएकोछ । अभिमूखिकरणको समन्वय जिल्ला प्रशासन कार्यालय दैलेखले गरेको थियो । गृह मन्त्रालयका उपसचिव फणिन्द्रमणी पोखरेलले अभिमूखिकरणमा दुव्र्यसनी सम्बन्धि सहजीकरण गरेका थिए । सहजीकरणमा लागु औषध र यसको नियन्त्रणका लागि बनेका नीति तथा कानुनी व्यवस्था, नेपालमा भएका रोकथाम तथा न्यूनिकरणका प्रयास जस्ता विषयवस्तु थिए ।
Drug Drug  (2) Drug  (1)जसको सेवनले मानिसको दिमागमा नकारात्मक असर पार्नुको साथै अस्वभाविक व्यवहार देखाउछ त्यो लागु औषध हो भने लागु औषध खुल्ला लागु औषध, आंशिक खुल्ला लागु औषध तथा पूर्ण बन्देज गरिएका लागु औषधको बारेमा जानकारी भएको थियो, लागु औषधमा पर्ने कारण साथीसंगीको लहैलहैमा लाग्ने कारणले, अभिभावकको हेलचक्राइ, मनोरञ्जन, धार्मीक विश्वास आर्थीक कारणले गर्दा पनि कुलतमा फस्ने गरेको र त्यसको असर भनेको एक्लै वस्ने, पहिलेको भन्दा अस्वभाविक व्यवहार देखाउने, दुव्लाउदै जाने, झोलामा फरक सामाग्री राख्ने, गरेको पाइन्छ । यसरी हाम्रो समाजमा भएका दुव्र्यसनीलाई रोकथामको लागि घरपरिवार, विद्यालय र समाजका मानिसहरुले सकारात्मक व्यवहार देखाइ उनिहरुलाई सकारात्मक वातावरण दिनुपर्ने साथै भूमीका निभाउनु पर्ने र यस सम्वन्धि वनेको निति नियम तथा सजायको बारेमा प्रश्तुतीकरण गरिएको थियो । ७ देखि १२ कक्षा सम्मका विद्यार्थीहरु वढि जिज्ञासु हुने भएकोले दुव्र्यसनीमा पर्ने भएकोले उनिहरुलाई शिक्षक तथा घरपरिवारबाट यसबाट पर्ने नकारात्मक असरको बारेमा जानकारी गराइनुपर्दछ, साथै पैसा दिदा पनि के को लागि किन दिने भन्ने विषयमा अभिभावकले नजिकबाट बुझ्नुपर्ने हुन्छ भने हाम्रो समाजमा भएका यस्ता लागु औषध सम्वन्धि व्यवसाय गर्ने मानिसहरुलाई सचेत गराई समाजलाई नै नकारात्मक असर पर्न नदिनको लागि विनावर्दीको प्रहरी भए काम गर्न नितान्त आवश्यक पर्दछ । रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै राम्रो हुन्छ ।
दैलेख जिल्ला पनि कहि कतै अदृष्य रुपमा पनि लागु पदार्थको अछुतो रहेको छैन । जिल्ला प्रहरी कार्यालय दैलेखको तथ्याकं अनुसार विगत ३ वर्षमा लागु औषध सम्वन्धि २ वटा मात्र मुद्धा दर्ता भएका थिए । यस कार्यक्रममा २ वटा लागु औषध सम्वन्धि टेलीश्रृखला प्रदशन गरिएको थियो, भने सहभागीहरुबाट यस सम्वन्धि जिज्ञासा तथा सुझावहरु व्यक्त भएका थिए । उपसचिवबाट कार्यक्रम समापन गरिएको थियो ।

प्रतिक्रिया