माथिल्लो कर्णाली आयोजना राष्ट्रिय कलंकको आयोजना हो ः वैद्य

जेठ १२ गते दैलेख, नेपाल कम्यूनिष्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहोन वैद्य किरणले माथिल्लो कणाली जलविद्युत् आयोजना राष्टिय कलंकको आयोजाना भएकाले खारेज हुनुपर्ने वताएका छन । माथिल्लो कणालि आयोजना स्थलमै गरिएको बिरेध सभामा प्रमुख अतिथि भएर दैलेख आएका वैद्यले बुधवार सदरमुकाम दैलेख बजारमा रिपोटर्स क्लव दैलेखले गरेको पत्रकार सम्मेलन्मा उक्त कुरा वताएका हुन् । वैद्यले अपरकणालि जल विद्युत् परियोजना राष्टघाति छ, भारतको स्वार्थका लागि निर्माण गरिने आयोजनाका विरुद्ध सधै लडिरहने भन्दै यो आयोजना नेपाली जनताकै स्वामित्वमा बनाउन सकिने समेत जानकारी दिए । अध्यक्ष वैद्यले सो पत्रकार सम्मेलनमा तपाईको पार्टी छोडेर केहीनेता एकिकृत माओबादीमा गए र माओवादी केन्द्रको निमार्ण गरेका छन् तपाई एक्लै पर्दै हुनुहुन्छ नि भन्ने प्रश्न पत्रकारले गर्दा ,आफ्नो पार्टि छोडेर जानेहरु लडाई देखि थाकेका नव संसोधनबवादीहुन् र माओवादी केन्द्र भनेर बनाएको प्रचण्डले नेतृत्व गरेको पाटी , अवसरवादीहरुको खिचडी पाटी भएको आरोप समेत लगाए । साथै बुधबारनै सदरमुकाम दैलेख बजारमा कर्णालि बचाउ अभियानको संयूक्त अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । सो कार्याक्रममा पनि वैद्य लगायत क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्यहरु राष्टिय जनमोर्चाका कार्यबाहक अध्यक्ष रेश्मिराज नेपाली ,नेपाल मजदुर किसकन पार्टीका र कर्णालि बचाउ अभियानका अध्यक्ष भरत बहादुर शाहीले आआफ्ना बिचार ब्यक्त गरेका थिए ।
प्रतिक्रिया