घरदैलो अभियानले बाल भर्नादरमा वृद्धि

घरदैलो अभियानले बाल भर्नादरमा वृद्धि

कालिकोट, छोराछोरीलाई विद्यालय भर्ना गर्नु भन्दा पनि घाँस, दाउरा ल्याउन वन पाखामा पठाउने कालिकोट जिल्लाका अन्य गाविस जस्तै खिन र धौलागोह गाविसको पनि मुख्य समस्या हो । यिनै गाविसमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहजीकरणमा गाउँ शिक्षा समिति धौलागोह र खिनको समन्वय र जोडी समूहको आयोजनामा १ महिने घरदैलो अभियान २०७३ बैशाख ३ गते देखि २०७३ बैशाख मसान्तसम्म संचालन भएको थियो । हामी सबैको इच्छा, सर्वशुलभ विद्यालय शिक्षा, बालबालिकाहरुलाई नियमति विद्यालय पठाऔं, भर्ना अभियान २०७३ सफल पारौं भन्ने मूल नाराका साथ संचालित घरदैलो अभियान कार्यक्रमले विद्यालयको पहूँचबाट टाढा रहेका खिन र धौलागोह ३६ जना विद्यालय भर्ना भई नियमित विद्यालय जान थालेका छन् । प्रत्येक विद्यालयको तथ्यांक अनुसार विद्यालय बीचैमा छोड्नेले पनि अहिले विद्यालय भर्ना भएकाछन् । श्री सरस्वती उ.मा.वि. धौलागोह ५ राडुनेटाका प्राचार्य कृष्णबहादुर बम भन्नुहुन्छ बाल भर्नादरमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको उल्लेखनिय भूमिका रहेकाछ । पहिले शिक्षक अभिभावकको कम चासो र विद्यालयलाई सौतनी व्यवहार गर्ने सरोकारवाला निकायले अहिले बाल क्लबहरुको सक्रियता र चेतनामूलक कार्यक्रमले विद्यालयलाई हेर्ने दृष्टिकोण सकरात्मक भएको बताए । श्री पिपलचौतारी प्रा.वि. खिन नेटाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष पैलबहादुर बम भन्नु हुन्छ “विद्यालय भर्ना गरौ, विद्यालयमा निःशुल्क पाठ्यपुस्तक, दिवा खाजा लगायतका अन्य सामग्री पनि विद्यालय तथा जिल्ला शिक्षा कार्यालयबाट प्रदान गरिन्छ भन्ने सचेतीकरण गर्दै अभियान संचालन गरेका थियौ” ।
उक्त घरदैलो अभियान कार्यक्रममा सेवा क्षेत्रका प्रत्येक वडाका वडा नागरिक मञ्चका संयोजक, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागीता हुने गरी खिन गाविसको वडा नं. ७ बाट शुरु भई धौलागोह वडा नं. ९ मा पुगी सम्पन्न भएको थियो ।

प्रतिक्रिया