प्रशसनीय दृष्टिले विभेद हटाउन सहज

दैलेख, असार ७ – कुसंस्कारका कारण समाजमा रहेको जातीय विभेद न्यूनीकरण गर्न प्रशनीय दृष्टिकोण आवश्यक रहेका निष्कर्ष निकालिएको छ । जिल्ला विकास समितिको सहयोगमा दलित महिला संघ दैलेखको आयोजनामा चामुण्डमा आज आयोजित ‘विकासमा दलितको सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले त्यस्तो अनुभवले बताएको उल्लेख गरेका छन् । चामुण्डा गाविस स्तरीय कृषि तथा वातावरण समितिका सदस्य देबीराम सुवेदीले राजनीतिक परिवर्तन, ऐन कानूनको प्रावधानले पनि विभेद कम भएको छ तर गैरदलित समुदायको साथ र समर्थन बढाउनु पर्ने धारणा राख्नुभयो ।
त्यसबखत दलित अगुवा धिरज बिकले राम्रा सहयोगी प्रयासलाई प्रशंसा गर्ने प्रशसनीय दृष्टिकोण बढावा दिनुपर्ने बताउनुभयो । कार्यक्रममा समाजसेवी कल्पना आचार्यले दलित पुरुषको तुलनामा दलित महिलाले विभेद भोग्नु परिरहेकोले यो समस्या न्यूनीकरणका लागि गैरदलित महिलालाई सचेतना जरुरी रहने धारणा राख्नुभयो ।
सामाजिक अगुवा कृष्णकुमार आचार्य, कलम राना, अधिकारकर्मी देबीराम बिक, अधिकारकर्मी खड्कबहादुर बिक, तिलक नेपाली लगायतका व्यक्तिहरुले विकासमा दलितको विकासमा सहभागिताले लागि आर्थिक, शैक्षिक, सामाजिक जीवन सुधार गर्न लक्षित वर्गका कार्यक्रम तथा नीति कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया