मापदण्ड अनुसार काम भएन

मापदण्ड अनुसार काम भएन

दुर्गा वि.सी
सल्यान सल्ली हुदै सदरमुकाम खलंगा जोडने सडक मापदण्ड अनुसार नभएको देखिन्छ । बाटोको स्तरउन्नतीको लागि भनेर ८ महिना अघि सडक चौडाको काम सुरुवात भएको थियो । सडक चौडा ६ मिटर भन्दा वढि हुनुपर्ने हो तर ५ मिटर भन्दा कम नै कटिंग भएक भेटिन्छ । दुर्त गतिमा काम हुनुपर्नेमा निक्कै सुस्त गतिमा काम भएको र भएको काम समेत मापदण्ड अनुसार नभएको भेटिन्छ । सडक निक्कै साँघुरो तवरले स्तरउन्नती हुनुका साथै ठेकेदारले काममा ढिलाई गर्दा वर्षातमा आवत जावतमा समेत बाधा पुग्ने यातायात व्यवसायीको भनाई रहेको छ । वर्षायाम सुरु भैसकेकोले अब गाडि सञ्चालन नहुने व्यवसायीहरुको भनाई रहेको छ । ग्रावेल,नाली र पिचको काम नभएता पनि सम्झौता अनुसार बाटोको ६ मिटर चौडा वनाउने काम सम्पन्न हुनुपर्ने हो तर ८ किलोमिटर सम्म मात्रै सडक चौडा वनाउने काम भएको छ । त्यो पनि सवै ठाउँमा चौडा वनाउने काम नभई विचविच ठाउमा छाडेर काम गरिएको भेटिन्छ ।

प्रतिक्रिया