चार चरणमा शिक्षक आयोग खोल्ने तयारी, अस्थायी शिक्षक विवरण संकलन शुरु

चार चरणमा शिक्षक आयोग खोल्ने तयारी, अस्थायी शिक्षक विवरण संकलन शुरु

काठमाडौं – शिक्षा ऐन संशोधन भएसंगै अस्थायी शिक्षक समस्या समाधान गर्न शिक्षा मन्त्रालयले प्रकृया शुरु गरेको छ । जस अनुसार तीन समूहका लागि ४ चरणमा शिक्षक आयोग खोल्ने मन्त्रालयको तयारी छ ।
0010-edukhabar MOE 25२०४९ पुष २० गते भन्दा अघि अस्थायी पदमा नियुक्तहरु तथा २०४९ पुष २१ गते  देखि २०६१ साउन २१ गते सम्म अस्थायी पदमा नियुक्तहरुका लागि आन्तरिक प्रतिष्पर्धा गराईने छ । यसैगरी २०६१ साउन २२ गते देखि

२०७२ असोज २ अर्थात् संविधान जारी हुनु अघिल्लो दिन सम्म अस्थायी नियुक्त भएकाहरुका लागि आन्तरिक र खुल्ला दुवै विज्ञापन गर्ने मन्त्रालयको तयारी छ ।

यसका लागि ५ वटै क्षेत्रीय निर्देशनालयलाई शिक्षक विवरण पठाउन शिक्षा विभाग मार्फत् परिपत्र गरिएको छ । शिक्षा ऐनको आठौं संशोधन लागू भई अस्थायी शिक्षकलाई अन्तिम एक पटकका लागि रिक्त दरबन्दीमा प्रतिस्पर्धाको मौका दिईएकोले विवरण संकलन गर्न लागिएको हो । उक्त रिक्त दरबन्दीमा अस्थायी शिक्षक मात्र उम्मेद्वार हुन पाउने गरी शिक्षक सेवा आयोगले विज्ञापन गर्ने भएकोले अस्थायी शिक्षककको नाम नामेसी र नियुक्ति मिति खुलाई साउन १५ भित्र विभागमा पठाउन परिपत्र गरिएको हो । यसका लागि विभिागले हरेक क्षेत्रीय कार्यालयलाई एउटै ढाँचाको फारम पठिाएको छ । जसमा विद्यालयको नाम, शिक्षकको नाम र माथि उल्लेखित ३ वटै समुहका अस्थायी र लियन पदमा नियुक्ति मिति उल्लेख गर्न भनिएको छ । यसरी शिक्षक विवरण पठाउँदा हरेक शिक्षकको तह समेत उल्लेख गर्नु पर्ने छ ।

यो विवरण संकलन भएपछि अस्थायी शिक्षकको यकीन विवरण समेत उपलब्ध हुने छ ।

अस्थायी शिक्षकका संग संगठनहरुले अस्थायी शिक्षकको संख्या २३ हजार हाराहारी भएको दावी गरे पनि शिक्षा मन्त्रालयसंग करीव १७ हजार अस्थायी शिक्षक रहेको विवरण छ । अर्थ मन्त्रालयले १५ हजार हाराहारीका शिक्षकका लागि आवश्यक रकमको जोहो गर्ने तयारी गरेको छ ।

अस्थायी शिक्षकले आयोगको विज्ञापनमा उम्मेदवार हुन नचाहेमा सुविधा लिन विज्ञापनको दरखास्त दिने अन्तिम मिति अगावै सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निवेदन दिनु पर्ने ऐनमै ब्यवस्था छ ।
विज्ञापनमा उम्मेदवार हुन दरखास्त दिने अन्तिम मिति सम्मको अवधिलाई गणना गरी अधिकतम सेवा अवधि बीस वर्ष मानी त्यस्ता शिक्षकलाई तीन खाले सुविधा दिईने छ ।

पाँच वर्षदेखि दश वर्षसम्म सेवा गरेको शिक्षकलाई उसले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी आधा महिनाको तलब बराबरको रकम दिईने छ । यस्तै दश वर्ष भन्दा बढी पन्ध्र वर्षसम्म सेवा गरेको शिक्षकलाई काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी एक महिनाको तलब बराबरको रकम उपलब्ध गराईने छ । र पन्ध्र वर्षभन्दा बढी सेवा गरेको शिक्षकलाई उसले काम गरेको प्रत्येक वर्षको  निमित्त आखिरी डेढ महिनाको तलब बराबरको  रकम दिईने ऐनमै उल्लेख छ ।

ऐन प्रारम्भ भएपछि शिक्षकको पदपूर्तिको लागि हुने खुला तर्फको पहिलो विज्ञापनमा उम्मेदवार हुन राहत शिक्षकको रुपमा कार्यरत शिक्षकलाई उमेरको हद भने लाग्ने छैन ।

साभार ःइडुखवर

प्रतिक्रिया