दैलेख आईडलको पहिलो अडिसन सम्पन्न ।।

दैलेख आईडलको पहिलो अडिसन सम्पन्न ।।

भिम सिजापति, असार २० दैलेख, दैलेख आईडल २०७३ को पहिलो अडिसन आज सम्पन्न भएको छ । “दैलेख र दैलेखीको शान, गायन प्रतिभाको खोजी अभियान” भन्ने मुल नाराका साथ धु्रवतारा एफ.एम. दैलेखले सञ्चालन गरेको दैलेख आईडल २०७३ को पहिलो अडिसन आज सम्पन्न भएको हो । जिल्ला भरी लुकेर रहेका प्रतिभाको खोजी गर्दै उजागर गर्ने उदेश्यका साथ यहि असार १८ गते देखी सञ्चालन भएको दैलेख आईडलमा जिल्लाभरीका झण्डै ८० जनाले आवेदन दिएको आईडल संयोजक अविषेक अनुरागले जानकारी दिनु भयो । दैलेखमा धेरै सम्भावना भएपनि उचित अवसरको अभावमा रहेका सम्पूर्ण प्रतिभावान व्यक्तिहरुको प्रतिभा ओझेलमा नपरोस् भनेर रेडियोले विगतका बर्षमा पनि सिङ्गिङ स्टार सञ्चालन गरेको र दैलेख आईडलले अझ गाएन क्षेत्रमा रुची भएका व्यक्तिहरुलाई सहयोग पुग्ने अपेक्षा राख्दै दैलेख आईडल २०७३ सञ्चालन गरेको आयोजक ध्रुवतारा एफ.एम.का स्टेशन म्यानेजर चक्र के.सि.ले बताउनु भयो । यस्तै दैलेख आईडलको पहिलो अडिसन अबधिभर जजको भुमिका दैलेखकै सर्जक सुवास गौतमले निर्वाहा गर्नु भएको थियो । अडिसनमा सहभागीलाई सफलताको शुभकामना दिदै गित गाउँनको लागी विभिन्न तरिका संगै उचित कलाशिकलको आवश्यक्ता रहेको बताउनु भएको थियो । दैलेख आईडल २०७३ को पहिलो अडिसन कार्यक्रम धु्रवतारा एफ.एम.का प्रमुख कार्यक्रम उत्पादक भिम सिजापति, कार्यक्रम सञ्चालक सर्वजित थापामगरले गनुभएको थियो । पहिलो अडिसन ३ दिन सम्म सञ्चालन भएको थियो । पहिलो अडिसन बाट ४० जना प्रतिष्पर्धि सहभागी दोस्रो चरणको अडिसनको लागी छनौट भएका छन् ।

प्रतिक्रिया