गोविन्द केसीको समर्थनमा राजधानीमा प्रदर्शन

गोविन्द केसीको समर्थनमा राजधानीमा प्रदर्शन

त्रिवि शिक्षण अस्पतालमा अनसनरत् डाक्टर गोविन्द केसीको माग पूरा गर्न दबाब दिँदै शनिबार राजधानीमा विशाल जुलुश प्रदर्शन गरिएको छ।
डाक्टर, नर्स, सर्वसाधारणलगायत स्वस्फूर्त रुपमा माइतीघर मण्डलाबाट निस्केको जुलुश एभरेष्ट होटल पुगेर रोकिएको छ। जुलुशमा संलग्न डाक्टरले सडकमै चेकजाँच गरे।

timthumb.php ‘केसीको अनसन, माफियालाई टेन्सन’, ‘माफियाको मिसन, सिटामोलमा कमिसन’, ‘अख्तियारको घडीमा लोकमानको ब्याट्री’, जस्ता नारा लगाउँदै जुलुश प्रदर्शन गरिएको थियो।
चिकित्सा क्षेत्र सुधार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने मागसहित केसी सात दिनदेखि अनसनमा बसेका छन्। केसी अनसनमा बसे पनि उनको माग पूरा गराउन सरकार गम्भीर नभएको भन्दै विशाल प्रदर्शन गरिएको हो।
प्रदर्शनमा सहभागीले मुखमा केसीको स्केच चित्रको मास्क लगाएका छन्। कतिपयले अनुहारमा ‘आई एम वीथ डाक्टर केसी’ लेखेका छन्।
जुलुशमा डाक्टर, युवा सम्बद्ध विभिन्न संस्था र शिक्षण अस्पतालका विद्यार्थीहरू थिए। माइतीघरदेखि सुरू भएको जुलुश बानेश्वरसम्म पुगेको थियो।
चिकित्सा शिक्षामा माफियाको प्रवेशलाई रोक्न डा. केसीले उठाएका माग पूरा गरिनुपर्ने प्रदर्शनकारीहरूको जोड थियो।
उनीहरूले नेपालको चिकित्सा शिक्षा जेहेन्दार र पढाइमा अब्बलभन्दा हुनेखानेका छोराछोरीले मात्र पढ्न पाउने खालको बन्दै गएको भन्दै यसतर्फ समयमै ठोस पाइला नचाले चिकित्सा सेवाको गुणस्तर खस्किएर जाने र बिरामीको ज्यान जोखिममा पर्ने बताए। उनीहरूले चिकित्सा शिक्षा माफियाको हातमा पर्नबाट जोगाउन डा. केसीले उठाएका माग तत्काल पूरा गरिनुपर्ने बताए।
साभार ः सेताेपाटी

प्रतिक्रिया