दैलेख आईडल २०७३ को दोस्रो चरणको अडिसन आज सम्पन्न ।।

दैलेख आईडल २०७३ को दोस्रो चरणको अडिसन आज सम्पन्न ।।

भिम सिजापति दैलेख
दैलेख आईडल २०७३ को दोस्रो अडिसन सम्पन्न भयो । “दैलेख र दैलेखीको सान, गायन प्रतिभाको खोजी अभियान” भन्ने नाराका साथ रेडियो धु्रवतारा सामुदायिक एफ. एम. ८९.८ मेगाहर्ज दैलेखको आयोजनामा सञ्चालन भैरहेको दैलेख आईडल २०७३ को दोस्रो अडिसन आज सम्पन्न भएको छ ।
दैलेखका कुना कन्दरामा लुकेर रहेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरेको दैलेख आईडल कार्यक्रमका संयोजक अभिषेक अनुरागले बताएका छन् । सहभागी प्रतिशप्रधिलाई शुभकामना दिदै दैलेख आईडलले दैलेख र दैलेखीकोे पहिचानलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय समूदाय सम्म पुग्ने आशा ब्यक्त गरे । धु्रवताराका एफ. एम. का स्टेशन म्यानेजर चक्र के.सि.ले विभिन्न ठाउँमा लुकेर रहेका प्रतिभालाई उजागर गर्ने एउटा माध्यम भएको बताउँदै मिडिया र कलाकर्मि जहिले पनि एकै रथका दुई पाङग्रा भएको बताए ।
धु्रवतारा एफ. एम.ले यस्तै प्रतिभालाई सम्मान गर्दै पश्चिम नेपाल सिङगीङ स्टार लगाएतका विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ । दैलेख आईडलको दोस्रो अडिसनमा सुवास गौतमले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो । दैलेखमा धेरै खाले प्रतिभा रहे पनि कलासिकलको अभावमा ओझेलमा परेको बताउँदै अब यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । उक्त आईडलको कार्यक्रम सञ्चालन स्टेशन म्यानेजर चक्र के.सी. र कार्यक्रम सञ्चालक विशाल सुनारले गर्नुभएको थियो । दैलेख आईडलको दोस्रो चरणमा जम्मा सहभागी ४० जना मध्ये २४ जना तेस्रो चरणको लागी छनौट भएका छन् ।

प्रतिक्रिया