“तरकारी खेतीमा महिलाको बढ्दो आकर्षण”

“तरकारी खेतीमा महिलाको बढ्दो आकर्षण”

दैलेख जिल्ला सदरमुकाम देखि पश्चिममा अवस्थित बडाखोला गा.वि.स. सुविधाको दृष्टिकोणले मध्यम अन्र्तरगत पर्दछ । भौगोलिक हिसावले यहा कृषि क्षेत्रमा प्रचुर सम्भावना देखिन्छ तर पनि प्राय जसोे यहाका मानिसहरु पैशा कमाउने उद्देश्यले मजदुरी गर्न भारत जाने गर्दछन ।

वेमौसमी तरकारी खेति गदै महिला
वेमौसमी तरकारी खेति गदै महिला

आर्थिक अभावका कारण श्रीमान विदेश गएपछि प्राय जसो पारिवारीक जिम्मेवारी सवै महिलाले नै सम्हाल्नु पर्ने वाध्यता रहेको छ। यस्तै समस्या वाट गुज्रिएकी छिन वर्ष ३४ कि कृष्णा थापा। उनको परिवारमा ५ जनाको परिवार रहेको छ । परिवारलाई पालन पोषणका लागि एक सिजन भए पनि श्रीमान भारत जानु पर्ने वाध्यता रहेको छ। श्रीमान भारत जाने भए पनि घरमा श्रीमतीले घरायसी खर्च चलाउनका लागि कडा परिश्रम नगरी खान पुग्दैन । हुनत उनि संग १ हल गोरु १ वटा भैसी र खेत र वाझो वारी गरी करिव चानचुन गरी ६ रोपनी जति जग्गा रहेको छ। तर पनि बार्षिक खर्च चलाउन हम्मेतम्मे पर्दछ ।

दैलेख वजार देखि २ घण्टाको वाटो लाग्ने उक्त ठाउमा उनीले जिवीकोपार्जनका लागि भए पनि तरकारी खेती गदै आएकी छन् । र गा“उमा गठित स्वर्गभुमी दलहन वाली कृषक समुहमा पनि सदस्यको रुपमा रही मासिक रु १० वचत गदै आएकी छन् । जव उनको समुहको पहलमा उक्त ठा“उमा उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुरु भयो। त्यसपछि उनी साहै उत्साह भईन। जव कार्यक्रम अभिमुखिकरण भयो तब थाहा भयो कि वजार मागका आधारमा उत्पादन र वढि भन्दा बढि उत्पादन गर्न सके फाईदा हुने, ब्यावसायका लागि आवश्यक सामग्री उपलब्ध गराउने, वजारमा उत्पादन भएको तरकारी खपत सुनिश्चित गर्ने वारे जानकारी भयो। त्यस पछि उनीले ब्यावसायिक रुपमा बेमौसमी तरकारी खेती गर्ने निधो गरिन । आफ्नो सिचाई हुने २ रोपनी जग्गा वाट आफ्नो ब्यावसायिक तरकारी खेतीको सुरुवात गरिन् । पहिले तरकारी खेती गर्दा रोग किराको असरले गर्दा खेती गर्नलाई जागर नभएको र अहिले सामाजिक परिचालक र प्राविधिकको सहयोगमा रोगको वारेका जानकारी तथा सल्लाह सुझावले झन उत्साह भएको वताईन् ।

वेमौसमी तरकारी खेति गदै महिला
वेमौसमी तरकारी खेति गदै महिला

उच्च मूल्य कृषि वस्तु विकास आयोजना सहयोग सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको सहजीकरणले यस समुहमा ३ वटा सिंचाई पोखरी २२ वटा पलास्टिक घर, ४४ वटा क्यारेट, स्प्रीडकल ढक तराज लगायतका सामग्री सहयोग गरिरहेको वताईन । अहिले मैले २ रोपनी क्षेत्रफलवाट वढाएर तरकारी ४ रोपनीमा लगाएको छु । प्रत्येक सिजनमा १० देखी १५ क्वीन्टल वेमौसमी तरकारी वेचिरहेकी छु । सिजनमा ६००००। सम्मको तरकारी वेची रहेको छ ु। आफ्नो गाउ देखि वजार टाढा रहेकाले २ घण्टाको पैदल वाटो हिड्नु पर्ने भएकाले समस्या रहेको वताईन । यस कार्यक्रमले ब्यावसाय सहयोगका साथै विभिन्न तालिम लैड्डिकसमानता तथा सामाजिक समावेशीकरण तालिम, प्राविधिक तालिम, आन्तरिक भ्रमण, अन्तर जिल्ला भ्रमण लगाएतका क्रियाकलापले ब्यावसायमा सहयोग गरेको वताईन् ।
उत्पादन मा सहज भएपनि अहिले हामीलाई बजारको अभावका कारण उत्पादनमा किसानहरु जागरुक नभएकाले यसलाई कसरी ब्यावस्थापन गर्न सकिन्छ त्यस वारेमा आयोजना र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले सहयोग गर्नुपर्ने वताईन । अहिले यो ब्यावसायिक तरकारी खेतिले गर्दा भारत जाने श्रीमान को पैशा भन्द्रा आफ्नो घरको कमाई धेरै भएका कारण उनले श्रीमान लाई गाउमै वसेर तरकारी खेती गर्नु पर्ने मा जोडदिएकी छिन् । अहिले श्रीमान श्रीमतीले आफ्नै

वेमौसमी तरकारी खेति गदै महिला
वेमौसमी तरकारी खेति गदै महिला

वारीमा तरकारी खेती गरीरहेका छन् । अहिले पहिलेको वचत लाई वढाएर मासिक रु ५०। जम्मा गर्ने गरेको वताईन् । अहिले हाम्रो घर खर्च तथा छोराछोरीको पढाईमा ब्यावस्थापन गर्न सहज भएको छ ।
अन्तमा अर्काको देशमा गई मजदुरी गरी पारीवारीक खर्च चलाउनु पर्ने वाध्यता लाई न्युनिकरण गर्न आफ्नो गा“उ ठा“उमा भएका प्राकृतिक स्रोत तथा साधनलाई प्रयोग गराई , आर्थिक सहयोग गरी आत्म निर्भर गराई ब्यावसायीक किसान बनाउन प्रयत्न गर्ने सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल तथा उच्च मूल्य कृषि वस्तु विकास आयोजना लाई धेरै धेरै धन्यावाद दिन चाहन्छु ।

प्रतिक्रिया