सुर्खेतमा महिला जेसिजको सप्ताह व्यापी कार्यक्रम सम्पन्न जिशिअ हमाललाई अभिनन्दन गरियो

सुर्खेतमा महिला जेसिजको सप्ताह व्यापी कार्यक्रम सम्पन्न जिशिअ हमाललाई अभिनन्दन गरियो

शेरबहादुर थापा, सुर्खेत ।
प्रदेश नं ६को प्रस्तावित राजधानीका रुपमा स्थापीत बन्दै गएको सुर्खेतमा सुर्खेत महिला जेसिजले थुप्रै कार्याक्रम आयोजना गरि जेसिज सप्ताह समापन गरेको छ । विशेषगरि सामाजीक सचेतनाका क्षेत्रमा निरन्तर खटदै आइरहेको जेसिज सप्ताह विरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका विच समापन भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमूख अतिथि दाहालले सुर्खेतमा जेसिजले गरेको कामको प्रशंसा
गर्दे आगामी दिनमा यसले थप विस्तारीत बन्दै लैगिंक समानताका क्षेत्रमा समाजलाई थप अग्रसर गराउने अपेक्षा गरे ।
News In surkhet (2) News In surkhet (1)सुर्खेत महिला जेसिजबाट उत्कृष्ट नागरिक अभिनन्दन प्राप्त गरेकी जिल्ला शिक्षा अधिकारी दिपा हमालले आफूलाई सम्मान गरेकोमा धन्यवाद ज्ञापन गरिन । उनले कार्यक्रमलाई सम्बोधन गर्दै सुर्खेत ६ नंबर प्रदेशकै राजधानीका रुपमा विकसित बन्दै गगएको अवस्थामा अब महिलाहरुले पनि आफूलाई बदलिदो परिस्थिती अनुरुप परिवर्तन गर्नुपर्ने सुझाव दिइन । सुर्खेतमा बढदो शहरिकरणसंगै आम विकृतिह्र समेत आ्रइरहेको भन्दै उनले त्यस्ता विकृति न्यूनिकरणकालागि महिला जेसिजले भूमिका खेलनुपर्ने समेत बताइन । उनले भनिन केहि समय देखि महिलाहरुले पनि ढुकुटि खेलने नाममा जुवा खेलेर सम्पति दुरुपयोग गर्दै समाजलाई विकृत तूल्याउदै आएकाछन । उनले थपिन यसै ढुकुटि खेलकै कारण कतिपय महिलाका घरबार समेत भत्किएकाछन । उनले यसतर्फ सबैले सोच्नुपर्ने बेला आएको समेत बताइन । उनले जिल्ला शिक्षा कार्यालय सुर्खेतले आगामी केहि समयमै सातै श्रोतकेन्द्रका केहि विधालयहरुमा मिन्स भएका, विरामी भएका छात्राहरुकालागि अलग्गै रेष्ट रुम निर्माण गर्न लागेको जानकारी दिइन । महिला जेसिजले अब सबै विधालयमा पुगेर आम छात्राहरुलाई सचेत पार्न अभियान सञ्चालन गर्न सुझाव दिदै त्यो अभियानमा आफू पनि सहभागी हुने प्रतिबद्वता गरिन ।
वर्ष २०१६ का अध्यक्ष जेसि प्रतिमा मल्लाहको अध्यक्षतामा सम्पन्न उक्त औपचारिक कार्याक्रममा प्रमूख अतिथिका रुपमा वर्ष  २००५ का राष्ट्रिय अध्यक्ष सिनेटर गेहेन्द्र प्रसाद दाहाल उपस्थित रहेका थिए । विशेष अतिथिहरुमा जिल्ला शिक्षा कार्यालय सुर्खेतका जिशिअ दिपा हमाल, वर्ष २०१३ कि अध्यक्ष जेसि ज्योती पौडेल, १९७९ विरेन्द्रनगर जेसिका अध्यक्ष शम्भु प्रधान, तथा अन्य उपस्थित अतिथिहरुमा कृष्णा भुषाल न्यौपाने, मिना देवकोटा, शुसिल शर्मा, पुर्ण नेपाली, बसन्त थापा, हरि क्षेत्री, भद्र भण्डारी, लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बाल नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको थियो । यसअघि बत्तृmत्वकला प्रतियोगिता, रक्तदान, निःशुल्क स्वास्थ्य परिक्षण लगायतका सप्ताहव्यापी कार्यक्रमहरुको सफलता पुर्वक आयोजना गरिएको थियो ।

प्रतिक्रिया