श्री कृष्णजन्माष्टीमा लाग्ने मेला सम्पन्न

श्री कृष्णजन्माष्टीमा लाग्ने मेला सम्पन्न

दुर्गा वि.सी
सल्यानको देवस्थलमा श्री कृष्णजन्माष्टीको अवसरमा लाग्ने मेला सम्पन्न भएको छ । सल्यानको बन्गाड र सुर्खेतको सिम्ता क्षेत्रका महिलाहरु विहानै देखि श्री कृष्णको मन्दीमा पुजाआजा गर्नेको घुईचो लागेको थियो । विहान ५ वजे देखि वेलुकीु ४ वजे सम्म समेत वर्तालु महिलाहरु मन्दीमा पुजा गर्न आउनेको ताँती लागेको थियो । krishबन्गाडको पहिचान तथा चिनारीको रुपमा रहेको देवस्थलको कृष्णमन्दीरमा सदा झै लाग्ने मेला भन्दा यसपाली मानिसको बाक्लो उपस्थिती रहेको थियो । विगतमा २ दिन सम्म लाग्ने मेला अव आउदा १ दिनमा सिमित भएको स्थानीयको भनाई रहेको छ । मेला सम्पन्न भए पनि सोहि अवसरमा सल्ली युवा कल्वले फुटबल खेलको आयोजना गरेको छ । कल्वका अध्यक्ष सन्देस यरीका अनुसार मेला सकिए पनि खेल नसकिएको १५ वटा टिमले दर्ता गरिएको छ । ३३ हजार पुरस्कारको रासी तोकिएकोमा ३ दिन सम्म खेल सञ्चालन हुने वताएको छ । खेलका साथै सोहि अवसरमा राधाकृष्ण युवा कल्वले तिजगित तथा नृत्य प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया