पहिरोमा पुरिएर दोलखामा दुईको मृत्यु, पाँच वेपत्ता

पहिरोमा पुरिएर दोलखामा दुईको मृत्यु, पाँच वेपत्ता

दोलखा, भदौ १६ ।  पहिरोमा पुरिएर दोलखामा २ जनाको मृत्यु भएको छ भने पाँच जना वेपत्ता छन् ।

दोलखाको लामाबगर ४ स्थित छेचोतमा पहिरोमा पुरिएर स्थानीय चाङ्वा तामाङको परिवार पुरिदाँ ७ जना वेपत्ता भएका थिए । पहिरोमा पुरिनेमा चाङ्वाकी श्रीमती, छोरा, बुहारी, एक नातिनी र सासू रहेको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएकाको उद्धारको क्रममा प्रहरीले वर्ष २१ का बडुले तामाङ र वर्ष २० की पेम माया तामाङको शव पुरिएको अवस्थामा निकालेको जनाएको छ ।

स्थानीय बाघबहादुर तामाङकी पत्नी पनि पहिरोमा पुरिएर बेपत्ता छिन् । पहिरोमा परी स्थानीय मीनबहादुर ठकुरी गम्भीर घाइते छन् ।  पहिरोले दुई घर पूर्णरुपमा पुरिएको छ ।

अहिले स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी घटनास्थलमा उद्धारको लागि खटिएका छन् ।

प्रतिक्रिया