देउसीभैलो राती १० बजेसम्ममात्र

          |   प्रकाशित मितिः शुक्रबार, कार्तिक १२, २०७३     ::: 289 पटक पढिएको   |  

दैलेख, काात्तिक ११ । प्रशासनले तिहारको अवसरमा खेलिने देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम राती १० बजेसम्ममात्र आयोजना गर्न सार्वजनिक आग्रह गरेको छ . रातीको समयमा यस्ता कार्यक्रम गरिँदा जिल्लाको शान्ति स’रक्षाबाहलीमा अवरोध ह’ने भन्दै यस्तो आग्रह गरिएको प्रम’ख जिल्ला अधिकारी ल’कबहाद’र क्षेत्रीले बताए .

उनले दिपावलीलाई हर्साेल्लास तथा ख’सीयालीका साथ मनाउन शान्ति स’रक्षालाई पनि ध्यान दिन’पर्ने बताए . उनले चाडवाडका बेला क’नै पनि अवाञ्छित गतिविधि ह’न नदिन प्रशासन कटिवद्ध रहेको बताए . जिल्ला स’रक्षा समितिको यही कात्तिक ( गते बसेको बैठकले दिपावलीका अवसरमा अवाञ्छित गतिविधि ह’न नदिन विभिन्न निर्णय गरेको जानकारी दिँदै प्रजिअ क्षेत्रीले पटका, भ’इँचम्पालगायतका विस्फोटक पद्धार्थमा प्रतिवन्ध लगाइएको बताए .

उनले कान’नविपरित पटका पड्काउनेमाथि कारबाही गरिनेसमेत चेतावनी दिए . उनले यो अवधिमा राजमार्ग क्षेत्र तथा बजार क्षेत्रमा प्रहरी परिचालन बढाइएको भन्दै शान्ति कायम गर्न प्रशासनले सबै उपाय अवलम्बन गर्ने बताए . जिल्ला प्रहरी कार्यालय दैलेखका प्रम’ख प्रहरी नायव उपरिक्षक केदार रजौरेले प्रहरी गस्ति तथा पेट्रोलिंग बढाइएको जानकारी दिए . उनले दशैका अवसरमा जिल्लामा क’नै अवाञ्छित घटना नभएको भन्दै तिहारलाई पनि शान्तिप“र्ण बनाउन प्रहरी सक्रिय रहने बताए . उनले ज’वातास, मदिरामथि विशेष निगरानी गरिने जानकारी दिए .



Leave a comment

Your email address will not be published.


*