डेढ सय भन्दा बढी कोच्दा कारागारमा खानेपानी, शौचालयको असुविधा

डेढ सय भन्दा बढी कोच्दा कारागारमा खानेपानी, शौचालयको असुविधा

दैलेख । कात्तिक १६ गते
आज देश विदेशमा रहेका हिन्दूधर्मालम्वीहरुले तिहारको भाईटीका लगाए । दैलेखका कारागारमा पनि थुनुवा महिला र पुरुषहरुलाई उनीहरुका दाजुभाई दिदीबहिनीहरुले टीका लगाए । विहान झण्डै ८ बजेदेखि साँझैसम्म यो क्रम जारी थियो । IMG_8162
जानेर वा नजानेर कानूनको दायरा परेपछि जेल जीवन बिताउनु परे पनि महिला थुनुवाका दाजुभाई र पुरुष थुनुवाहरुका दिदीबहिनीहरु टीका लगाउन कारागारमा पुगी दिंदा उनीहरुले झण्डै घरायसी वातावरणको सम्झना गरायो ।
धर्म संस्कृति र परम्परा अनुसारका पर्वहरु मनाउँदा थुनुवाहरुमा रचनात्मक काम गर्ने उत्पे्ररणा पैदा गर्ने भएकोले दशैं तिहार पर्वहरुमा घरपरिवारका सदस्य र आफन्तहरु कारागारमा आउने अनि टीका टाला लगाउने प्रवन्ध मिलाइएको कारागार प्रमुख जीतबहादुर केसीले बताए ।
मेहलतोलीबाट आएकी गरिमा खड्का भित्री गेटमा पुगेपछि सुरक्षाकर्मीले गेट खोल्दा वित्तिकै दाजु भक्तबहादुर खड्कालाई गम्लङ्ग कंमाल गरिन्, घिसीघिसी खुबसंग रोइन् । भक्तबहादुर देउता आएर गाउँकै भाउजुलाई पिट्दा ज्यान गएपछि गएको जेठमा कारागार परे, आमाले आत्महत्या गरिन् । यी सबै पीरले गरिमा रोएको हुन् ।
मुद्दा मामिलामा मोसिनु अनि थुनिनु परेको पींडाले आफन्त भेट हुँदा रोए पनि यस्ता भेटघाट र पारिवारिक सहयोगमा थुनुवाहरुमा सकारात्मक सोचको विकास गराउँने थुनुवा नाइके चौकीदार जीवन शाहीको भनाई छ ।
घरबाट पठाइएको थुनुवाको नासो पु¥याई दिन कारागार पुगेकी एक जना व्यापारी सीता खत्रीले कारागारका थुनुवाहरुको उत्साह र सकारात्मक सोचले बन्दी जीवनभित्र पनि रसरंग र रमाइलो देखेको टिप्पणी गरिन् ।
जम्मा ८० जनाको क्षमता भएको कारागारमा बाहिरका बन्दीहरु समेत थपेर डेढ सय भन्दा बढी पु¥याइएको कारण खानेपानी, शौचालयको असुविधा भएको थुनुवाहरुले आक्रोस पूर्ण गुनासो पोखे ।
उनीहरुले सीपमूलक तालिमहरु पनि नपाएको दुखेसो सुनाए । यसबारे ध्यानाकर्षण गराउँदा कारागार प्रमुख जीतबहादुर केसीले प्रमुख जिल्ला अधिकारी मार्फत घरेलु तथा साना उद्योग विकास समिति र स्थानीय निकायमा यसबारे पहल भइरहेको बताए ।

प्रतिक्रिया