अपांगता भएका बालबालिका अभिभावकलाई अभिमुखीकरण

अपांगता भएका बालबालिका अभिभावकलाई अभिमुखीकरण

दैलेख, कात्तिक २८ । अपांगता भएका बालबालिकाकका अभिभावकलाई आइतबार दैलेखमा एक दिने अभिमुखिकरण तालिम दिइएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा परियोजना अन्तर्गत ती अभिभावकलाई तालिम दिइएको हो । CWD  (1)
तालिममा परियोजना कार्यक्षेत्रका अभिभावक र स्रोत विद्यालयहरु नेरा मावि दुल्लु तथा रेडक्रस मावि भुर्तीमा अध्यायनरत अपांगता भएका विद्यार्थीका अभिभावक सहभागी रहेको परियोजना संयोजक रत्न बुढाले जानकारी दिए । तालिममा अपांगता भएका बालबालिकलाई कसरी समाजमा उच्च मनोबलका साथ स्थापित गराउने भन्नेबारे अभिभावकलाई तालिम दिइएके थियो ।

तालिमको सहजीकरण सोसेकका रत्न बुढा र बासुदेव उपाध्याय तथा पञ्चकोशी अपांग मञ्चका अध्यक्ष रत्न शाहीले गरेका थिए । तालिममा १८ जना अभिभावक सहभागी थिए ।

तालिमको समापन गर्दै सोसेकका संस्थापक अध्यक्ष हीरासिंह थापाले तालिममा सिकेका कुरा व्यवहारमा प्रयोग गर्नुपर्ने बताए । उनले अपांगता भएका बालबालिकालाई उचित शिक्षा दिन सके उनीहरुले पनि समाजमा आफूलाई स्थापित गराउने बताए । उनले अपांगता भएका बालबालिकालाई अभिभावकले माय गर्नुपर्ने टिप्पणी गरे । अध्यक्ष थापाले बालबिबाहबारे बोल्दै २० वर्ष नपुगि हुने विवाह गैरकानुनी हुने भन्दै बालबिबाह गर्नेलाई कानुनी कारबाही हुनेतर्फ सचेत हुनुपर्ने बताए । उनले समाजमा बालबिबाह रोक्न सबैको सहयोग आवश्यक पर्ने बताए ।

प्रतिक्रिया