स्थानीय तह पुनर्संरचनाको बिषयमा असन्तुष्टी जनाउँदै आन्दोलन सुरु

स्थानीय तह पुनर्संरचनाको बिषयमा असन्तुष्टी जनाउँदै आन्दोलन सुरु

निरक शाही
दैलेख, स्थानीय तह पुनर्संरचनाको बिषयमा असन्तुष्टी जनाउँदै आज देखी संघर्ष समिति ईलाका नम्मर ७ ले आज मालिका , गौरी , कालभैरब गाविसका कार्यलयहरु बन्द गरेको छ । संघर्ष समितिले आज देखी विभिन्न आन्दोलनका कार्यक्रहरु बिज्ञप्ती निकालेर सार्वजनिक गरेको छ । मंसिर ५ गते देखी इलाका नं. ७ मा रहेका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने ,७ गते देखी समाधानका उपायहरुको बिकल्प नभएमा यातायातका साधनहरु का साथ सडक बन्द तथा चक्का जाम गर्ने कुरा बिज्ञप्तीमा उल्लेख गरिएको छ । आफूले प्रस्ताव गरेको खाकालाई बेवास्ता गर्दै स्थानीय तहको खाका पठाइएको विरोधमा आज देखि आन्दोलनमा उत्रिएको र स्थानीय बासिन्दाले स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिको गम्भीर ध्यानाकर्षण होस भनेर आन्दोलनमा उत्रेको संघर्ष समितिका सदस्य तेजबहादुर शाहीले जानकारी दिनुभयो ।
यस्तै ईलाका नं. ७ का मालिका , गौरी ,कालभैरब र गमौडी गाविसलाई मिलाएर ज्वाला मालिका गाउपालकिा बनाउन राखिएको मागलाई वेवास्ता गरिएको भन्दै आज देखी आन्दोलन सुरु गरेकोे संघर्ष समितिका संयोजक खगेन्द्र थापाले बताउनु भयो । स्थानीय तह पुनर्संरचना बनाउदा जनताको सेवा सुविधा भन्दा पनि राजनिति स्वार्थका लागि निर्धारण गरएिको आरोप लागईएको छ ।

प्रतिक्रिया