जम्वुकाँधमा बालअधिकार दिवस

जम्वुकाँधमा बालअधिकार दिवस

इन्सेक प्रतिनिधि पत्रकार अमर सुनारले बालअधिकार मानवअधिकार प्रत्याभूतीको प्रारम्भ बिन्दू भएको बताएका छन् । अन्तरराष्ट्रिय बालअधिकार दिवसको अवसर पारेर आइतवार दैलेखको जम्वुकाँधस्थित जनता मावि लैनचौरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले सो विचार राखे । CRC Days Jumbukadha
बालअधिकारको प्रवद्र्धन गर्न सके बालबालिकाको बृति, सुरक्षा, संरक्षण र विकासको अवसर सृजना गरेको पत्रकार सुनारले त्यसबेला प्रकाश पारे । उनले विद्यालय शान्ति क्षेत्र घोषणा कार्यान्वयन गराउन सके शैक्षिक विकासमा सहयोग पुग्ने बताए ।
जनता बाल क्वलका कार्यवाहक अध्यक्ष आयुशा शाहीको अध्यक्षतामा भएको कार्यक्रममा जनता मावि लैनचौरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देउचने कामी र विद्यालयका प्रधानाध्यापक धु्रवनाथ योगीले पनि अन्तरराष्ट्रिय बालअधिकार दिवसको महत्व र सान्दर्भिकता विषयमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया