प्रस्ताव परिमार्जन गरौं’

प्रस्ताव परिमार्जन गरौं’

सुर्खेत ६ पुस । पुर्वप्रधानमन्त्री एवं नया“ शक्ती पार्टी नेपाल संयोजक डा.बाबुराम भटराईले सबै पार्टीहरुको सहमतिमा सरकारले संसदमा पेश गरेको प्रस्तावलाई पारित गर्नुपर्ने बताए । नयाँ शक्ति पार्टी नेपालको छैटौं प्रदेश स्तरिय प्रशिक्षण भेलालाई सम्वोधन गर्दै उनले भने ‘संविधान कार्यान्वयन गर्न चुनाव गर्नुपर्ने तर चुनावको वातावरण बनाउन संविधान संशोधन गर्नुपर्ने हुँदा असन्तुष्ट सबै पक्षलाई साथमा लिई सरकारले परिमार्जन सहित प्रस्ताव पारित गर्नुपर्छ ।’ उनले संविधान कार्यान्वयनका लागि भएपनि प्रमूख राजनीतिक दलहरुबीच सहमति आवश्यक रहेको भन्दै चाँडो भन्दा चाँडो सहमति खोजेर देशलाई निकास दिन सबैलाई आग्रह गरे । भटराईले भने ‘आदिवासी, थारु, मधेशी, जनजातीलगायत सबैका मागहरु पुरा गर्न सरकार र दलहरुबीच समन्वयकारी भूमिका नयाँ शक्तिले खेल्छ ।’ पार्टी कार्यकर्ताहरुलाई प्रशिक्षण दिदै संयोजक भट्टराइले अब देशले एक खालको राजनीतिक अवस्था पार गरिसकेको भन्दै देशमा आर्थिक विकास गर्दै अघि बढन आग्रह गरे । उनले भने ‘यहाँहरुको ध्यान पद तिर होइन, देशको आर्थिक विकास तर्फ केन्द्रीत हुनुपर्छ । जनतालाई असर नपारेर राजनीतिक गतिविधी अघि बढाउनुपर्छ ।’ डा. भट्टराई सुर्खेतमा प्रदेश स्तरिय भेलामा प्रशिक्षण दिन आएका हुन । प्रदेश नं. ६ का झण्डै ३ सय बढी कार्यकर्ताहरुलाई प्रशिक्षण दिएर उनि आजै काठमाडौं फर्किएका छन । नयाँ शक्ति पार्टीका केन्द्रीय सह–संयोजक दुर्गा सोवको पनि प्रशिक्षण कार्यक्रम रहेको थियो ।

प्रतिक्रिया