राकमकर्णालीमा कृषि मेला

राकमकर्णालीमा कृषि मेला

दैलेख–अछामको सिमाना सँग जोडिएको दैलेखको सुदुर पश्चिममा पर्ने राकमकर्णाली गाविसमा कृषि मेला प्रदर्शनी भएको छ । मेलाको आयोजना बशुन्धारा कृर्षि सहकारी संस्थाले गरेको हो । गाविसका सबै वडाहरुलाई कर्णाली राजमार्गले छोएको हुँदा पनि उक्त गाविसलाई कृर्षि उत्पादन तथा बजारीकरणका लागि उत्तम मानिदै आएको छ । agro-exgibition-rakam7 agro-exgibition-rakam4 agro-exgibition-rakam2 agro-exgibition-rakam3 agro-exgibition-3
मेलामा दैलेख जिल्लाका ७ र अछामका केही गाविसका कृषकले आफ्नो कृषि उत्पादनलाई प्रदर्शन गरेका थिए । बजार समितिका दुर्ग वहादुर सिजापतिले राकमकर्णाली गाविस कर्णाली अञ्चलको मुलद्धार भएका कारण पनि कृषकको उत्पादनलाई बजारीकरण गर्न सजिलो हुने बताए । उनले थपे, राज्यले कृषकको लागि विभिन्न अनुदान तथा सहुलियतको व्यवस्था गरेको छ । कृषकका उत्पादनलाई विक्रि तथा वितरणका लागि आफु लागि पर्ने सिजापतिको भनाई थियो ।
कृषकहरुलाई प्राविधिक सहयोग तथा व्यवसायीक खेती सञ्चालन गर्न आफ्नो संस्था जहिले पनि सहयोग गर्न तयार रहेको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखका महेन्द्र अधिकारीले बताए । उनले थपे, राकमकर्णाली गाविस कृर्षि उत्पादनका लागि उपयुक्त भूमि हो । यहाँका कृषकले चाहे भने सिंगो कर्णालीमा आफ्नो उत्पादन विक्रि गरी आय आर्जन बढाउन सक्छन् ।
स्थानीय निकाय श्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि २०६७ ले कृर्षि लक्षित वजेटको व्यवस्था गरेको हुन्छ । कृर्षि क्षेत्रमा लगानीका लागि साझेदारीमा आउने संघ संस्थालाई स्थानीय निकाय सहयोग गर्न तयार रहेको राकमकर्णाली गाविसका गाविस सचिव केन्द्र शाहीको भनाई थियो । उनले थपे, अब गुजरामुखि खेती होइन् व्यवसायमुखि बनाउनु पर्छ । यस क्षेत्रका कृषकको सक्रियतालाई देखेर आफु सहयोग गर्न तयार रहेको जिल्ला कृर्षि विकास कार्यालयका प्रतिनिधि धिरेन्द्र वि.सी.को भनाई थियो ।
डिसीए, आईसिसीओ, एलडब्लुएफ, सामाजिक सेवा केन्द्र (सोसेक) दैलेख र राकमकर्णाली गाविस, एचकेआई सुआहारा, को सहयोगमा वशुन्धरा कृषि सहकारी संस्थाको आयोजनामा सञ्चालित उक्त प्रदर्शनी मेलामा करिब १ सय ५० जना कृषकको सहभागीता रहेको थियो । जसमा राम्रो उत्पादन तथा प्रदर्शन गर्ने कृषकहरु मध्ये बाट राधा हमाल शाही र नमान सिह माझि सहित २४ जनालाई पुरस्कीत भएका थिए । उक्त मेला समापन समारोहको सहकारीका अध्यक्ष अर्जुन शाहीको अध्यक्षतामा भएको कार्यक्रम डम्वर वहादुर माझीले संचालन गरेका थिए ।

प्रतिक्रिया