अदालतद्वारा विवाह बदर

अदालतद्वारा विवाह बदर

दैलेख, पुस १२ – एक किशोरीले आफूसंग गरिएको जवरजस्ती विवाहलाई बदर गरी पाऊँ भनी गरेको फिरादमा दैलेख जिल्ला अदालतले विवाह बदरको फैसला गरेको छ । दुई वर्ष अघि त्यतिबेला १७ वर्षको उमेरमा जवरजस्ती विवाह गरिएको भन्दै ०७३ वैशाख १४ गते परेको फिरादमा जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासबाट विवाह बदरको फैसला भएको हो ।
०७३ असोज ५ गते विद्यालयबाट फर्किदै गर्दा लकान्द्र गाविस–५ की देबीसरा शाहीलाई लकान्द्र गाविस वडा नं. ६ निवासी त्यसबेला २२ वर्षका सुरेन्द्र बलमे सोही ठाउँको कोसेडी भन्ने ठाउँबाट जवरजस्ती नियन्त्रणमा लिई एम्वुलेन्समा राखी दैलेखबाट कैलालीको घोडाघोडी पु¥याएर विवाह गरेको देबीसराको फिरादमा उल्लेख छ ।
प्रहरीको घटना प्रकृति मुचुल्का, त्यसपछि समाज बुझ्दा समेतका प्रमाण कागजका आधारमा जवरजस्ती विवाह भएको ठहर भएकोले सो विवाह बदरको फैसला भएको दैलेख जिल्ला अदालतका श्रेस्तेदार अधिकृत रमेश श्रेष्ठले जानकारी दिए ।
देबीसराले त्यतिबेला उमेर समेत नपुगेको र जवरजस्ती विवाह भएको भन्दै ०७१ चैत २५ गते प्रहरी मार्फत दिएको बालविवाह मुद्दामा सुर्खेत पुनरावेदन अदालतबाट समेत बालविवाह भएको भन्दै सुरेन्द्र बम र उनलाई सघाउने २ जनालाई जनही ५ हजार जरिवाना फैसला भएको थियो ।

प्रतिक्रिया