कृषिमा व्यवसायिकता जरुरी ः प्रजिअ दुलाल

कृषिमा व्यवसायिकता जरुरी ः प्रजिअ दुलाल

अमर सुनार
दैलेख, पुस १३ – दैलेखका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले कृषिमा व्यवसायिकता नभई देशको आर्थिक उन्नति नहुने बताएका छन् । जिल्ला कृषि विकास कार्यालय र कृषि समूह तथा गैससहरुको संयुक्त आयोजना दुल्लूमा आजदेखि सुरु ३ दिने कृषि मेला उद्घाटन कार्यक्रममा उनले त्यसका लागि नविनतम प्रविधिको प्रयोग गर्नुपर्ने औल्याए । agro-exigibition-dullu-5 agro-exigibition-dullu-4 agro-exigibition-dullu-3

कृषि मेलाको अवलोंकन गर्दै प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलाल
कृषि मेलाको अवलोंकन गर्दै प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलाल
कृषि मेला प्रदर्शनीमा वोल्दै प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलाल
कृषि मेला प्रदर्शनीमा वोल्दै प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलाल

प्रमुख जिल्ला अधिकारी दुलालले दैलेखको दुल्लू क्षेत्र सुन्तला उत्पादन पकेट क्ष्ोत्र भएजस्तै स्थानीय हावापानी र प्राविधिक संभाव्यताका आधार तरकार, अन्नवाली, फलफूल लगायतको उत्पादन बृद्धिमा ध्यान दिनुपर्ने सुझाव दिए ।
बरिष्ठ कृषि विकास अधिकृत रमेशचन्द्र सुवेदीले सरकारले परिचालन गरेको श्रोत अनुुसार प्रतिफल लिन कृषकहरुको जाँगर बढाउनुपर्ने बताए । बरिष्ठ पशु विकास अधिकृत अमृत मास्केले कृषि उत्पादनकै अभिन्न अंग पालनलाई पनि बढावा दिनुपर्ने आवश्यकता औल्याए ।
दुल्लू नगरपालिकाका कार्यकारी अधिकृत मातृकाप्रसाद भट्टराईले कृषिलाई व्यवसायिक बनाउन स्थानीय निकायले समेत १५ प्रतिशत बजेट विनियोजन गर्ने गरेको बताउदै यसको उचित सदुपयोग गरे श्रोत बढाउन सकिने बताए ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी उपसचिव तिलक रिजालले दुल्लू क्षेत्रमा कृषिले गरेको लगानीको राम्रो प्रतिफल प्राप्त भएको बताउदै कृषि मेलाले कृषकहरुलाई थप हौसला दिएको सुनाए । त्यसबखत नेपाली काँग्रेसका दुल्लू नगर सभापति टंक रिमालले कृषि प्रधान देश भनिए पनि बजेट अझै कम भएको टिप्पणी गरे ।
कृषक समन्वय समितिका अध्यक्ष मोतिराम अधिकारीको अध्यक्षतामा सम्पन्न ३ दिने कृषि मेला उद्घाटन कार्यक्रममा अगुवा कृषक सारदा कार्की, योजना अधिकृत राजु भुज, कृषि सेवा केन्द्रका निमित्त प्रमुख रामबहादुर थापा लगायतले कृषि मेलाको महत्व र यसले कृषि उत्पादकत्व बृद्धि तथा कृषि जागरणमा पु¥याउने योगदान बारे चर्चा गरेका थिए ।
मेलामा अतिथिहरुलाई सुन्तलाको दानाले बनाइएको आकर्षक माला लगाई दिएका थिए । कृषक समूहहरुले गाउँगाउँबाट बाजागाजा सहित विभिन्न साँस्कृतिक झाँकी, कृषि सम्वन्धी देउडा प्रस्तूत गरेका थिए । दुल्लूको स्टार क्लवले प्रदर्शन गरेको नृत्यले सबैलाई मन्त्रमुग्द बनाएको थियो ।
जिल्ला कृषि विकास कार्यालय, दुल्लू नगरपालिका, गाविसहरु, किसान परियोजना, सहास नेपाल, साेसेक, सेवक, एभरेष्ट क्लव, सुडेक, सुआहारा परियोजना,  डब्लूएफपी लगायतका विभिन्न गैससहरुको समेतको करिव २ लाख लगानीमा गरिएको कृषि मेलामा श्रोत ७ समूहका ५ सय ३ वटा कृषि उपजहरु प्रदर्शनीमा राखिएका छन् ।

प्रतिक्रिया