रणनीति योजना तर्जुमाका लागि विषयगत कार्यालय र सरोकारवालासँग छलफल

रणनीति योजना तर्जुमाका लागि विषयगत कार्यालय र सरोकारवालासँग छलफल

निर्मल अधिकारी
दैलेख १३, पौष –सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले त्रिवर्षिय रणनीति योजना तर्जुमाका लागि विषयगत कार्यालयहरु र सरोकारवालाहरुसँग छलफल सम्पन्न गरेको छ । सामाजिक परिचालन र जनसहभागिताको माध्यमबाट महिला, बालबालिका, दलित, जनजाति र विपन्न वर्गको शिक्षा, स्वास्थ्य, आर्थिक, पर्यावरणीय र अधिकारको क्षेत्रमा विकास गर्ने ध्ययका साथ उक्त कार्यक्रमको आयोजना गरिएको सोसेकका संस्थापक अध्यक्ष हीरासिह थापाले बताए ।

 news-stack-holder-metting-2news-stack-holder-metting-1सामाजिक सेवाको क्षेत्रमा काम गर्ने नागरिक समाजका संघ संस्थाहरुले आफ्नो नीति स्पष्ट नभए सम्म लक्ष्य प्राप्त गर्न नसक्ने भएको हुदाँ त्रिवर्षिय रणनीति बनाउन लागिएको थापाको भनाई थियो । हामी जसका लागि काम गर्छौ उनीहरुको छनौट हुन ् आवश्यक छ । उनले थपे, सरोकारवालाको पहिचान र सहयोगविना सार्वजनिक सेवा र सुविधा न प्रभावकारी वितरण हुन्छ न त उपलब्धिनै हासिल गर्न सकिन्छ । अहिले जिल्लामा जजसले काम गरिरहेका छन् उनका गतिविधिले समुदायको आवश्यकता भन्दा पनि कार्यक्रमका लागि कार्यक्रम भएको थापाले दुःख व्यक्त गरेका थिए । उनले थपे, सरोकारवालाको सुझावले संस्थाको प्रगति र उन्नतीका लागि थप कोशेढुङ्गा बन्न सहयोग पुग्ने छ ।
सामाजिक सेवा केन्द्रले आफ्ना कार्यक्रम सबै क्षेत्र र समुदाय सम्म पु¥याउन सके अझै उत्तम हुने जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक भुवनेश्वर प्रसाद शाह बताए । उनले थपे, ग्रामिण क्षेत्रका समुदायमा हुने रोग, भोक र अभावबाट मुक्ति दिन सीप विकास र आय आर्जनका कार्यक्रम अझै विस्तार गर्न आवश्यक देखिन्छ । जिल्लामा अहिले सानै उमेरमा विवाह गर्नाले उमेर ढल्कदै गए पछि सम्बन्ध विच्छेद, महिला स्वास्थ्यमा कमजोरी लगाएत आमा तथा बालबच्चाको स्वास्थ्यमा विभिन्न रोगहरुले आक्रमण गर्ने भएको हुँदा बालविवाह रोकथामका लागि थप पहल गर्नुपर्ने महिला तथा बालबालिका कार्यालयका अनिता ज्ञवालीको भनाई थियो ।

कार्यक्रम साना हुने र छोटो अवधिमै सकिने हुदाँ संघ संस्थाले दिने सेवा प्रभावकारी र परिणामुखि हुन नसकेको गुनासो गर्दै नेकपा माओवादी केन्द्रका छवि सुवेदीले भने स्वास्थ्य, शिक्षा, कृर्षि, पर्यटन् जस्ता क्षेत्रमा आफ्ना गतिविधि केन्द्रित गरी कम्तिमा पनि ५ वर्ष कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । छोटो अवधिमा सञ्चालन हुने कार्यक्रम परिणाममुखि र नतिजामुलक हुन नसक्ने उनको भनाई थियो । अनाथ बालबालिका, बालश्रम मुक्त, बालविवाह लगाएतका क्षेत्रमा संस्थाले गरेको प्रगति उदाहरणीय बनेका छन् । जोखिममा परेका बालबालिकाको संरक्षण तथा सम्वद्र्धनका लागि जिल्लामा बाल संरक्षण गृहको स्थापना गरे अझै राम्रो हुने सुवेदीले बताए ।

संस्थाले काम गर्ने लाभान्वित सेवाग्राही छनौटमा स्पष्ट नीति हुनुपर्ने नेपाली काँंग्रेशका क्षेत्रिय सभापति घनश्याम भण्डारीको भनाई थियो । उनले थपे, संस्था नाफामुलक नभई गैह््र नाफामुलक भएको हुदाँ हरेक गतिविधि अभियानका रुपमा अगाडी बढाउनु पर्छ । गरिवी निवारण कोषको सहयोगमा संचालित आय आर्जन, घुम्ति कोष लगाएतको रकम पारदर्शि र जनमुखिरुपमा परिचालित गरिनुपर्नेमा भण्डारीले जोड दिए ।

संस्थाका उपाध्यक्ष विर वहादुर नेपालीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा राजनैतिक दल, स्थानीय बुद्धिजीवि, विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधि गरी करिव ५० जनाको सहभागीता रहेको थियो । कार्यक्रममा उपस्थित सहभागीले संस्थाको आगामी रणनीतिका बारेमा सुझाव राखेका थिए ।

प्रतिक्रिया