अभियानकर्ता कुटिए

अभियानकर्ता कुटिए

दैलेख, पुस १६ – अरुको अधिकारको निम्ति लडिरहने अधिकारकर्मी आफू पीडित हुनुपर्ने अत्यन्तै खिन्न मन हुदो रैछ । दैलेखको बाँसी गाविस–८ मेहेलगौडाकी २६ वर्षीया रञ्जना मल्ललाई यस्तै अवस्था आई लागेको छ । पुस १३ गते विहान सोही ठाउँका बिष्णुसिंह मल्ल, उनकी श्रीमति धना मल्ल, जेठी छोरी मनिषा मल्ल लगायत ६ जनाको समूहले कुटपीट गरेको पीडित बताएकी छिन् । news-in-ahikarkarmi-bansi-kutiya-2
बिरामी परेका जेठा बुबा रामबहादुर मल्ललाई भेट्न आएका बखत उनीहरुले खाना पकाएको डेक्चीले टाउको हिर्काएका, घाटी समाउदै उचाल्ने पछार्नेदेखि लात्तीले पेट र कोखामा हानेको चोटले अहिले रञ्जना अशक्त बनेकी छिन् । रञ्जनाले कानबाट पानी बगेको बताएकी छिन् ।
पीडित रञ्जनाले कानूनी कारवाहीका लागि प्रहरीमा निवेदन दिएकी छिन् । प्रहरीले आरोपित व्यक्तिहरुलाई आइतवार जिल्ला प्रहरी कार्यालय दैलेखमा झिकाएको जनाएको छ । आरोपित पक्षलाई पटकपटक मोवाइलमा सम्पर्क गर्दा रिसिभ नभएको कारण प्रतिक्रिया लिन सकिएन ।
रञ्जना मल्ल नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको आत्मसम्मानका लागि सामूहिक आवाज परियोजनामा बाँसी गाविसका लागि अभियानकर्ता पदमा कार्यरत छिन् । उनले धना मल्लका भदै मालिका गाविस–४ छडुङ्गका रेशम शाहीसंग विवाह गरेकीमा हालै अदालतबाट मानाचामलको मुद्दामा मासिक तलवको अंश दिलाउने फैसलापछि अहिलेका भगडिएवीच मनमुटाव बढेको बताइएको छ ।

प्रतिक्रिया