खुँडासहित नयाँ वर्ष मानउन निस्केका थापा प्रहरी नियन्त्रणमा

खुँडासहित नयाँ वर्ष मानउन निस्केका थापा प्रहरी नियन्त्रणमा

१७ पुस, नेपालगन्ज : ईस्वी संवतको नयाँ वर्ष मनाउन निस्केका युवाको साथबाट प्रहरीले खुँडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक बिरबहादुर थापाले दिएको जानकारी अनुसार प्रहरीले नेपालगन्जको सुुर्खेतरोडमा रहेको न्यू वाईन डाईन कटेजबाट खुँडा सहित दुई जनालाई नियन्त्रणमा लिएको हो । प्रहरी निरिक्षक थापाले वाईन डाईन कटेजमा शनिबार राती साढे ११ बजे नयाँवर्षको संस्कृतिक कार्यक्रम हुँदै गर्दा अबरोध आएपछि प्रहरीले चेकजाँच गर्ने क्रममा सुर्खेत गुटु–४का द्रोर्ण थापाका साथबाट खुँडा बरामद भएको जानकारी दिए । द्रोर्णसंगै रहेका नेपालगन्ज–५ का अर्जुन घर्तिमगर पनि प्रहरी नियन्त्रणमा परेका छन् ।                                                                                             unnamed-768x512

प्रहरीले बरामद गरेको खुँडा के प्रयोजनको लागि ल्याईएको हो अनुसंधान गरिरहेको जनाएको छ । प्रहरीले नेपालगन्जमा माधक पदार्थ सेवन गरेर होहल्ला गर्दै हिडेका अन्य १४ जना र कोहलपुरमा ३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया