जिल्ला शिक्षा समिति गठन

जिल्ला शिक्षा समिति गठन

सुर्खेत, १८ पुस । जिल्ला शिक्षा समिति सुर्खेत लामो समयपछि गठन भएको छ । २०७३ साल आषाढ १५ गते शिक्षा ऐन २०२८ को आठौं संशोधन पारित भएपछि गठन हुन नसकी समितिका पदेन सदस्यहरुबाट चल्दै आएको जिल्ला शिक्षा समिति सुर्खेतले सोमबार पूर्णता पाएको हो ।
जिल्ला विकास समितिका सभापति एवम स्थानीय विकास अधिकारी अमृत लम्सालको संयोजकत्वमा उक्त समिति गठन भएको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जनाएको छ । समितिमा मनोनयन हुने अन्य सदस्यहरुमा सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु मध्येबाट श्री भेरी माध्यमिक विद्यालय घुमखहरे– ३ सुर्खेतका विब्यस अध्यक्ष ठम्मरबहादुर बिष्ट रहेका छन भने अभिभावक वा शिक्षाविदहरुमध्येबाट बीरेन्द्रनगर नगरपालिका–१० निवासी एवम सुर्खेत शिक्षा क्याम्पसकी प्रशिक्षक शिला गुरुङ, घोरेटा गाउपालिका–२ निवासी डण्डीप्रसाद शर्मा र बीरेन्द्रनगर नगरपालिका–६ निवासी भीमबहादुर शाही परियार रहेका छन । यसका साथै संस्थागत विद्यालयका अध्यक्षहरु मध्येबाट प्याब्सन जिल्ला अध्यक्ष एवम गोल्डेन बर्ड एकेडेमी बीरेन्द्रनगरका अध्यक्ष बेदप्रकाश ढकाल छन् ।

प्रतिक्रिया