ट्रयाक्टर दुर्घटनामा एकको मृत्यू

          |   प्रकाशित मितिः मङ्लबार, पुस १९, २०७३     ::: 357 पटक पढिएको   |  

दैलेख, पुुस १९ – सदरमुकाम दैलेख बजारबाट लोहोरेतर्फ जाँदै गरेको भे १ त ५०५० नम्वरको ट्रयाक्टर आज विहान सिमाडा गाउँमा दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ ।
नारायण नगरपालिका–८ सिमाडाका २३ वर्षीय डिलबहादुर रावलको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।
दैलेख जिल्ला अस्पतालले रिफर गरेपछि थप उपचारका लागि लैजाँदै गर्दा सुर्खेत नपुग्दै लादे भन्ने ठाउँमा मृत्यू भएको बताइएको छ ।
दुर्घटनामा घाइते सहचालक १७ वर्षीय जनक रावलको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । चालक रामबहादुर रावललाई प्रहरी नियन्त्रणमा लिएको छ, उनी पनि सामान्य घाइते छन् ।
पुरानो गाडी र एक महिना अघिमात्र काम थालेका नयाँ चालक भएको कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तर चालकले भीर तर्फ खस्न लागेको गाडी भित्ता ढलाउँदा कम क्षति भएको बताएका छन् ।



Leave a comment

Your email address will not be published.


*