बालश्रम मुक्त होटल

बालश्रम मुक्त होटल

निर्मल अधिकारी
दैलेख, राकम कर्णाली कलम र कामी सँग खेल्दै विद्यालय जाने उमेरका बालबालिकाहरु अहिले पनि घर, होटल र कार्यालयमा सस्तो श्रममा काम गर्न बाध्य छन् । भनिन्छ बालबालिका भविश्यका कर्णधार हुन तर जो बालमैत्री व्यवहारमा हुर्कन, खेल्न र विद्यालय जान पाउदैन उ कसरी भविश्यको कर्णधार बन्न सक्छ । समाजमा हुने खाने परिवारका वालवालिका महँङ्गो विद्यालयमा अध्ययन गर्छन् । उनीहरुको पढाई पनि उस्तै हुन्छ । जसले दैनिक घर परिवार देखि बाहिर श्रम गर्नुपर्छ त्यस्ता बालबालिकाले उच्च वर्गका बालबालिकासँग प्रतिस्पर्धा गर्ने सम्भावनानै देखिदैन् । 15801025_714715125353111_37159152_nअधिकाँस बालबालिकाहरुले काम गर्ने स्थान साना देखि ठुला होटलहरु हुन । राजमार्ग छेउछाउका यस्ता होटलहरुमा बालबालिकालाई काममा लगाइएको हुन्छ । जुनसुकै प्रकारको श्रममा पनि बालबालिकाको प्रयोगलाई बाल अधिकार महासन्धिहरुले बन्देज गरेका छन् ।
केहि समय अघि देखि कर्णाली राजमार्ग छेउछाउका होटलहरुमा भने बालबालिकाको प्रयोगलाई निरुत्साहित गरिएको छ । साथै उक्त होटलहरुले बालश्रम मुक्त होटल भनेर बोर्डनै सार्वजनिक गरेका छन् । राकमकर्णालीस्थित श्रृष्टि होटलका सञ्चालक लालबहादुर शाही भन्छन् गत ६ महिना देखि बालश्रममुक्त होटल को शुरुवात मैले गरेको हु । होटलमा काम गर्नकै लागि भनेर दलित, विपन्न परिवारका १६ वर्षमुनिका बालबालिका आउने संख्यामा भने कमि नभएको उनको भनाई छ ।
राकमकर्णालीलाई राज्यले मेगासिटीको अवधारणाका लागि घोषणा पनि गरेको छ । यो कर्णाली अञ्चलको नाका पनि हो । यहीस्थान भएर दैनिक सयौको संख्यामा साना ठुला गाडी आवत जावत गर्दछन् । होटल व्यवसायमा रोजगारीका लागि उपयुक्त ठानिएको राकमकर्णाली सँग जोडिएका कालिकोट र अछामका छिमेकी गाविसका बालबालिकाहरु आउने शाहिले बताए ।
दैलेखको पश्चिमी क्षेत्र सँग जोडिएका अछामका केही गाविसहरु एचआईभी एड्स प्रभावित परिवारको संख्या धेरै छ । एचआईभी रोगका कारण सानै उमेरमा अभिभाव गुमाए पछि पेट पाल्नैका लागि भए पनि सानै उमेरमा बालबालिकाले रोजगारी खोज्ने गरेका स्थानीयवासी खगेन्द्र शाहीले बताए । उनले थपे, होटेल लगाएत अन्य व्यवसायमा बालबालिकाको प्रयोगलाई रोक्नु मात्रै ठुलो कुरा होइन् त्यस्ता जोखिमयुक्त बालबालिकाको पहिचान गरी उनीहरुलाई राहत हुने खालका कार्यक्रम सञ्चाल गर्न आवश्यक छ ।
जुन सुकै प्रकारको बालश्रमलाई पनि रोक्नु पर्ने लामो समय देखि बालअधिकारको क्षेत्रमा काम गरेका सामाजिक सेवा केन्द्रका संस्थापक अध्यक्ष हीरासिँह थापाको भनाई छ । उनले थपे, कानुन सम्मत जोखिमयुक्त काममा बालबालिकाको प्रयोग गर्न पाईदैन् । अहिले राकमकर्णाली स्थित सबै होटलहरु बालश्रममुक्त होटेल रहेका छन् ।

प्रतिक्रिया