२५ औं नगरपरिषदको तयारी, एक हजार योजनाको समिक्षा

२५ औं नगरपरिषदको तयारी, एक हजार योजनाको समिक्षा

नेपालगंज, वाँके–आर्थिक वर्ष २०७४÷०७५ का लागि नेपालगन्ज उपमहानगरपालिकाको विभिन्न वडा भेलाले छनोट गरेका योजनाहरु विहीबार सार्वजनिक गरिएको छ । सरोकारवाला एवं विषयगत कार्यालयको समेत उपस्थिति रहेको एकीकृत योजना तर्जुमा समितिको विहीबार बसेको वैठकमा योजना तथा कार्यक्रमको समिक्षा गर्दै आगामी परिषदमा पेश गरिने भएको छ । akrikirt-yojana-in-nepalgunj-np
यहि पौष २८ गते हुने परिषदका लागि पौष ९ गते नेपालगन्ज उपमहानगरपालिकाको २८ वटै वडा भेलाले योजना छनौट गरेका गरेका हुन् । वडागत योजना प्राथमिकिकरण विवरण अनुसार विभिन्न शिर्षकमा ६ सय ४१ वटा योजना आएका छन् । भने, जिविस र केन्द्रबाट माग गर्ने ३ सय २५ योजना तथा कार्यक्रम रहेका छन् ।
आगामी वर्षका लागि उपमहानगरपालिकाले आन्तरिक श्रोतबाट अनुमानित आय १५ करोड ५० लाखको ५० प्रतिशतले हुने रकम ७ करोड ७५ लाख समेत हुने गरी अनुदानसहित जम्मा पुँजीगत २१ करोड २७ लाख ७३ हजार ८ सय ५० रुपैयाँ वजेट सिलिङ गरेको छ ।
उपमहानगरपालिकाका प्राविधिक तथा योजना शाखा प्रमुख इन्जिनियर सुरज गुप्ताले प्रस्तुत गरेका योजना तथा कार्यक्रममा महिला लक्षित १०३, बालबालिका १८७, अन्य लक्षित वर्ग १३५, साधारण पूर्वाधार ६७, प्रवद्र्धनात्मक १४०, सीमा क्षेत्र ९, जिविसबाट माग गर्ने २ सय २९ र केन्द्रबाट माग गर्ने ९६ रहेका छन् ।
उपमहानगरपालिकाका कार्यकारी अधिकृत गिरीराज ज्ञवालीले विकेन्द्रीकरणको मर्मअनुसार स्थानीस्तरबाट निर्धारण गरिएका योजनालाई अधिकतम परिपूर्ती गर्ने प्रतिवद्धता व्यक्त गरे । वैठकमा उपमहानगरपालिका अन्तर्गत शाखा प्रमुख, राजनीतिक दलका प्रतिनिधी, वडा नागरिक मञ्चका पदाधिकारी, सामाजिक परिचालक, साझेदार संघसस्थाका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया