बिवेकशिल नेपालीदृारा न्यानो कपडा बितरण!

बिवेकशिल नेपालीदृारा न्यानो कपडा बितरण!

 सहबान अन्सारी

नवलपरासीको गुठीपरसौनी वडा न.३ मुसहर टोलमा न्यानो कपडा बितरण गरिएको छ । बिवेकशिल नेपाली नवलपरासी र बिवेकशिल नेपाली रुपन्देहीको संयुक्त आयोजना करिब ४२ घर दुरी भएको गाऊमा महिला, बृद, बालबालिकाहरुलाई कम्बल, जैकेट, स्वीटर लगायत जस्ता न्यानो कपडाहरु बितरण गरिएको बिबेकशिल नेपाली रुपन्देहीका अध्यक्ष अनिल काफ्ले ले बताए ।

bibeksil1 bibeksilमुसहर टोलका बालबालीकाहरु न्यानो कपडा नहुदाँ चिसो मौसममा विध्यालय जान छाडेको र शिक्षा बाट बन्चित हुदै गएपछि सो ठाउमा न्यानो कपडा बितरण हुदा बालबालिकाहरु खुशी भएको काफ्ले ले बताए । डा. हेमन्तराज न्योपानेको संयोजकत्वमा बितरण गरिएको थियो! जेष्ठ नागरीक मुसहर टोलका मोती चन्द्र मुसहरको प्रमुख अथित्यता तथा वडा नागरिक मंचका अध्यक्ष बच्चा राजभरको अध्यक्षता रहेको थियो । गुठीपरसौनी स्थित कङ्गली खोलाको किनारमा बस्दै आएका दलित तथा अत्यन्तै गरिब मुसहर जातका बालबालिकाहरु चिसो मौसममा न्यानो कपडा नहुदाँ बिध्यालय जान छाडेका थिए ।

प्रतिक्रिया