अपराध अनुसन्धान तथा नियन्त्रण अनुशिक्षण सम्पन्न (फाेटा फिचर)

अपराध अनुसन्धान तथा नियन्त्रण अनुशिक्षण सम्पन्न (फाेटा फिचर)

दैलेख -जिल्ला प्रहरी कार्यालय दैलेखले अपराध अुनुसन्धान तथा नियन्त्रण अनुशिक्षण (घुम्ति प्रशिक्षण) सम्बन्धि दोस्रो समूहको तालिम सम्पन्न गरेको छ । उक्त तालिम ६ दिन सम्म सञ्चालन भएको थियो । dpo-dailekh-7 dpo-dailekh-5 dpo-dailekh-4 dpo-dailekh-3 dpo-dailekh-2 dpo-dailekh-1
कार्यालय प्रमुख प्र.नि. भुवनेश्वर प्रसाद शाहको प्रमुख आतिथ्यतामा सञ्चालित उक्त समापन कार्यक्रममा प्र.ना.नि. श्यामराज अर्यालले तालिमका सहभागी मध्ये १७ जना “क” श्रेणीमा र १५ जना “ख” श्रेणीमा उतीर्ण भएको प्रतिवेदन पेश गरेका थिए । तालिमका सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै कार्यालय प्रमुख शाहले भने यो तालिमले आफ्नो कार्यक्षेत्र भित्र हुने अपराधका घटनाहरुको छानविन गर्न सहयोग गर्नेछ । तालिमका सहभागीहरुलाई धन्यवाद दिदै उनले थपे, अहिले समाजमा विभिन्न खाले अपराधहरु घट्ने गरेका छन् । त्यस्ता अपराधहरुको नियन्त्रण तथा छानविनका लागि तपाईहरु सफल हुनुहुने छ भन्ने मैले आशा गरेको छु । तालिममा ३२ जनाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया