नेपाल बैंकबाट १० करोड ५४ लाख ऋण लिएर फरार व्यक्ति पक्राउ

नेपाल बैंकबाट १० करोड ५४ लाख ऋण लिएर फरार व्यक्ति पक्राउ

काठमाडौं, पुस २७ । कमशल धितो राखेर नेपाल बैंकबाट १० करोड ५४ लाख ऋण लिएर फरार लक्ष्मीप्रसाद आचार्यलाई प्रहरीले पक्राउ गरेको छ। झापा गारामनी घर भएका आचार्यले नेपाल बैंक लिमिटेड काठमाडौं शाखाबाट उक्त रकम ऋण लिएका थिए।

सरकारी स्वामित्वमा रहेको नेपाल बैंकलाई डुबाउने गरी नक्कली ऋणी खडा गरेर ऋण प्रवाह गर्दा चरम भ्रष्टाचार गरेको भन्दै तत्कालीन नायब महाप्रबन्धक शेरबहादुर थापासहित १ सय ५५ जना विरुद्ध सर्वोच्चले भ्रष्टाचारी ठहर गरेको थियो। सर्वोच्च अदालतले कात्तिक २२ गते  जरिवाना १० करोड ५४ लाख १७ हजार जरिवाना तिर्ने गरी आचार्यलाई सुनाएको थियो। त्सपछि फरार आचार्यलाई काठमाडौं जिल्ला अदालत पूर्णकालिन कार्यसमूह दस्ता र अपराध महाशाखाको संयुक्त टोलीले पक्राउ गरेको छ। उनलाई बैंकिङ कसुर मुद्दा दायर गरिएको  प्रहरीले जनाएको छ।

प्रतिक्रिया