चार वर्षअघि हराएका किशोरको उद्धार

चार वर्षअघि हराएका किशोरको उद्धार

रुकुम, पुस २७ । भारतको गोरखपुरबाट चार वर्षअघि हराएका रुकुमका एक किशोरलाई प्रहरीले उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ। आमाबुबाको साथमा भारत गएको बेला २०५९ सालमा हराएका खोलागाउँ–८ का १५ वर्षीय गोविन्द परियारलाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरेर आफन्तको जिम्मा लगाएको हो।

गत चैत १३ गते भारतीय प्रहरीले किशोरको उद्धार गरी नेपाल प्रहरीलाई बुझाएको भए पनि उनको वास्तविक ठेगाना थाहा नपाउँदा समस्या भएको थियो।

नेपाल प्रहरीले किशोरलाई रुपन्देहीमा रहेको नेपाल अविनाश अनाथ आश्रममा राखेको थियो। जिल्ला बाल कल्याण समितिको समन्वयमा नेपालीलाई आज रुकुम पुर्याएर उनका कान्छाबुबा हीराबहादुर सार्कीको जिम्मा लगाएको बाल अधिकार अधिकृत मानवीर ओलीले जानकारी दिए। किशोरका आमाबुबा अहिले पनि भारतको गोरखपुरमा नै रहेको बताएको छ।

प्रतिक्रिया