मञ्चको अध्यक्षमा चन्द

मञ्चको अध्यक्षमा चन्द

दैलेख, पुस २७ । महिला सशक्ति करण मञ्च दैलेखको नबौ साधारण सभा तथा छैठौ अधिवेशन आज सदरमुकाममा सम्पन्न भएको छ । अधिवेशनले सुनिता चन्दको अध्यक्षतामा सात सदस्यीय नया कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

नया कार्य समितिको उपाध्यक्षमा सविना विक,सचिबमा राधा मल्ल,सहसचिबमा चित्रा विक र कोषाध्यक्षमा गंगा मग्राती रहनु भएको । यस्तै सदस्यहरुमा मिना तारामी,लिला खत्री र पधेन सदस्यमा निर्वतमान अध्यक्ष डिल कुमारी चन्द रहनु भएको छ । विधान अनुसार थप दुईजना सदस्य पछि मनोनित गर्ने प्रावधान रहेको छ । २०६० सालमा विधिबत रुपमा दर्ता भएको यस संस्थाले महिलाका सवालमा विभिन्न अभियान र कार्यक्रम गर्दै आईरहेको छ । यस अघि साधारण सभा तथा अधिवेशन उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा संस्थाका संस्थापक सदस्य मन्धरा मल्लले संस्थाले समाज परिवर्तनमा खेलेको भुमिकाको बारेमा चर्चा गर्दै आगामी दिनमा यसले महिलाका सवालमा थप क्रियाशिलता देखाउने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा संस्थाका सल्लाहकार दिपक कुमार शाही,सर्वराज जोशी तथा निर्वतमान अध्यक्ष डिल कुमारी चन्दले संस्था स्थापना देखि आज सम्म सामना गर्नु परेका कठिनाई र संर्घषलाई स्मरण गर्दै भविश्यमा हुने कठिनाई प्रति सजग भएर अगाडी बढ्न सुझाब दिनु भएको थियो ।

प्रतिक्रिया