महिलाहरु सहभागितमा दलको प्रतिष्ठा

महिलाहरु सहभागितमा दलको प्रतिष्ठा

दैलेख, पुस २८ – अन्तरपार्टी महिला सञ्जालकी नेतृ पूर्वमन्त्री कमला रोकाले निर्वाचनमा महिलाको सहभागिता बढाउने दलको पक्षमा जनमत बढ्ने बताएकी छिन् । आज दैलेखमा भएको महिलाको समानुपातिक समावेशीकरण विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो विचार राखेकी हुन् । IMG_0542मोहनमाया प्याकुरेलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा अन्तरपार्टी महिला सञ्जालकी केन्द्रीय सदस्य सहनाज रहमान, जिल्लाका महिला नेतृ र राजनीतिक दलका प्रमुखहरुवीच आसन्न निर्वाचनमा महिलाको सम्मानजनक सहभागित विषयमा अन्तरक्रिया भएको थियो ।
यही अवसरमा अन्तरपार्टी महिला सञ्जाल दैलेखको जिल्ला अध्यक्षमा माओवादी नेतृ ललिता बीसीलाई सर्वसम्मतीबाट जिम्मेवारी दिएका छन् । सो समितिमा सबै दलका गरी १५ जनाको महिला नेतृको कार्यसमिति बनाइएको छ ।
सञ्जालकी जिल्ला उपाध्यक्ष सुस्मिता सिंह, सचिव निर्मला खड्का, सहसचिव गोमा शर्मा, कोषाध्यक्ष पूजा श्रेष्ठ, सदस्यहरु मोहनमाया प्याकुरेल, पार्वती बिशुृन्के, सूर्यकुमारी श्रेष्ठ, रनुका शर्मा, माया थापा, भविसरा अधिकारी, चित्रा रावल, लक्ष्मी उपाध्याय, मञ्जू पाण्डे र जीत श्रेष्ठ चुनिएका छन् ।

प्रतिक्रिया