सदुपयोग गरे बजेटको कमी हुदैन ः साँसद थापा

सदुपयोग गरे बजेटको कमी हुदैन ः साँसद थापा

दैलेख, पुस २९ – दैलेख क्षेत्र नं. १ का साँसद अम्मरबहादुर थापाले प्राप्त बजेटको सही सदुपयोग गरे विकास बजेटको कमी नहुने बताएका छन् । १९ औं नगरपरिषद्को औपचारिक कार्यक्रममा उनले आएको बजेट दलका प्रतिनिधिहरुले लुछाचुडी गर्ने र कर्मचारी संयन्त्रले पनि नीति नियम पालन गर्न नसक्दा मन्त्रालय वा सहयोगी निकायहरु बजेट थप्न हिच्किचाएको सुनाए । Narayan council (2)
सरकारको सम्पति जसले जसरी खाए वा खर्च गरे हुन्छ भन्ने परिपाटीले बस्तीमा गएका बजेट पनि दुरुपयोग भएकोमा साँसद थापाले दुखोसो पोखे । त्यस बखत उनले विकास बजेटको उचित उपभोग गर्न आम सर्वसाधारणको खवरदारी जरुरी रहेको औल्याए ।
कार्यक्रममा पूर्वसभासद् भरत रेग्मीले भौतिक विकास प्रभावकारी बनाउन नगरवासी पहिले सामाजिक सचेतना र कर्मचारीमा पनि राष्ट्रप्रेम हुनुपर्ने धारणा राखे । दैलेखका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले विकासमा जनसहभागिता बढाउन पारदर्शीताको आवश्यकता औल्उयाए ।
त्यस बखत नारायण नगरपालिकाका कार्यकारी अधिकृत भक्तबहादुर मल्लले आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि १० करोड ६७ लाख ७१ हजार रुपैंयाँको वार्षिक बजेट प्रस्ताव गरे । प्रस्तावित बजेटमा विकास बजेट तर्फ ६ करोड ३४ लाख ५ हजार र प्रशासनिक खर्च ४ करोड ३३ लाख ६६ हजार रुपैंयाँ छुट्टयाइएको जानकारी दिइएको छ ।
कार्यक्रममा दलित महिला संघका जिल्ला अध्यक्ष पार्वती बिशुन्केले नगरपालिकाले लक्षित कार्यक्रमबाट पनि मन्दिर निर्माण गरेको उल्लेख गरिन् । यसलाई उनले ‘मन्दिर आतंकको संज्ञा दिइन् । अध्यक्ष बिशुन्केले महिला, जनजाति, दलित वा अपाङ्ग तर्फको लक्षित बजेट बिनियोजन गर्न कर्मचारीलाई प्रशिक्षण आवश्यकता औल्याइन् ।
कार्यक्रममा अधिवक्ता सुरेन्द्र अधिकारीले नगरपालिकाले क्याम्पसलाई १ लाख मात्र बजेट दिएको आश्चर्य प्रकट गरे । उनले दुल्लू नगरपालिकाले द्रोणाचल क्याम्पसलाई ४२ लाख दिएको सुनाए । अन्तरपार्टी महिला सञ्जालका सचिव निर्मला खड्काले महिला लक्षित कार्यक्रम अत्यन्तै न्यून भएको बताइन् ।
पूर्व जिविस सभापति टेकबहादुर खाँणले दीर्घकालिन योजना बनाएर विकास बजेट जुटाउन सजिलो हुने बताए । बाल संगठतका सभापति जगतजंग थापाले निर्वाचित जनप्रतिनिधि नआउँदासम्म कर्मचारीलाई दिइएको जिम्मेवारी जाँगरका साथ कार्य गर्नुपर्ने सुझाव दिए ।
आउँदो आर्थिक वर्षमा विकासको मुख्य मेरुदण्ड सडक सञ्जालमा बजेट प्राथमिकता लगायतका २७ बुदे नीति कार्यक्रम पारित गरिएको परिषद्मा चालु आर्थिक २०७३÷०७४ का लागि १० करोड २६ लाख २ हजार १ सय २२ रुपैंयाँको संशोधित बजेट एकीकृत योजना तर्जुमा बैठकले पास गरेको जानकारी गराइएको थियो ।

प्रतिक्रिया