क्षेत्रीय प्रशासकको चासो, राष्ट्रिय गौरवका आयोजनाको काम राम्रो होस्

क्षेत्रीय प्रशासकको चासो, राष्ट्रिय गौरवका आयोजनाको काम राम्रो होस्

दैलेख, माघ १ – मध्यपश्चिमाञ्चलका क्षेत्रीय प्रशासक बेगेन्द्रराज शर्मा पौडेलले राष्ट्रिय गौरवका आयोजनामा छिटो छरितो र प्रभावकारी बनाउनु पर्ने बताएका छन् । दैलेखको स्थानीय विषयबस्तु जानकारी लिन आउनु भएका उनले आज जिल्लाको विकास गर्न मध्यपहाडी राजमार्ग समयमै निर्माण गर्न अनुगमनको प्रशासनलाई निर्देशन दिए ।
क्षेत्रीय प्रशासक पौडेलले माथिल्लो कर्णाली जलबिद्युत आयोजनाको निर्माण कार्य सुचारु गर्दा पनि दैलेख र आसपासका जिल्लाले राम्रो प्रतिफल पाउने धारणा राखे । उनले जिल्लाका कार्यालय प्रमुखहरुसंग स्थानीय समस्या र समाधान उपाय बारे पनि छलफल गरे ।
क्षेत्रीय प्रशासक पौडेलसंग दैलेखका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जिल्लामा खानेपानी समस्या, कृषि तथा पशुपालन व्यवसाय प्रवद्र्धनका लागि सरकारको लगानी बढाउनुपर्ने र दैलेखमा पेट्रोलियम ग्यासको उत्खनन्लाई उच्च प्राथमिकता दिनुपर्ने आवश्यकता दर्शाएका थिए ।
त्यसअघि क्षेत्रीय प्रशासक पौडेलले प्रमुख जिल्ला अधिकारी दुलाल, नेपाली सेनाको समरसुर गुल्मका गुल्मपति सूर्यकान्त घिमिरे र प्रहरी नायव उपरीक्षक केदार रजौरेसंग जिल्लाको अवस्था बारे जानकारी लिनुसंगै शान्ति सुरक्षा प्रभावकारी बनाई राख्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया