कमजोर भौतिक संरचनाले धनजनको क्षति

कमजोर भौतिक संरचनाले धनजनको क्षति

दैलेख, माघ २ – दैलेख क्षेत्र नं. १ का साँसद अम्मरबहादुर थापाले भूकम्प नभई मानिस आफैले बनाएका कमजोर भौतिक संरचनाका कारण धन जनको क्षति हुने गरेको बताउनुभएको छ । जिल्ला विपद व्यवस्थापन समिति दैलेखद्वारा आयोजित भूकम्पीय सुरक्षा दिवस कार्यक्रममा उहाँले त्यस्तो सुझाव दिनुभएको हो । EQS Day (2) EQS Day (1)
त्यस बखत साँसद थापाले सरकारी वा निजी भवन तथा संरचनाहरुमा सरकारको भूकम्पीय सुरक्षा नीति अनुसार निर्माण गर्न सबैको चासो हुनुपर्ने आबश्यकता औलाउनुभयो । उहाँले प्रत्येक व्यक्तिले स्वयम् सुरक्षा सजगता अपनाुउनुपर्ने दशाउनुभयो ।
कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले भूकम्पीय प्राकृतिक विपदबाट हुने क्षति कम गर्न र सामना क्षमता बढाउन जनस्तरसम्म चेतना जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा २०७२ वैशाख १२ गतेको भूकम्पले पु¥याएको क्षति बारे जनचेतनामूलक डकुमेण्ट्री देखाउनुसंगै विपदको बेला जोखिम न्यूनीकरण तथा उपचार, राहत र पुनरस्र्थापना सीप विषयमा नेपाल प्रहरी तथा नेपाली सेनाको समरसुर गुल्मले नमूना प्रस्तूत गरेका थिए ।

प्रतिक्रिया