भुकम्पले कसैलाई चिन्दैन

भुकम्पले कसैलाई चिन्दैन

दैलेख “भुकम्पीय सुरक्षाको बलियो आधार, भइचालो थेग्ने घर र भौतीक पूवाधार” भन्ने मुल नाराका साथ १९ औं भुकम्प सुरक्षा दिवसको अवसरमा श्री वसन्त मा.वि. किमुगाँउमा जिल्ला शिक्षा कार्यालय दैलेखको समन्वयमा सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको आयोजनामा बालबालिकाहरुलाई १ दिने विपद जोखीम न्यूनीकरण तथा भुकम्पीय सुरक्षा सम्वन्धि विषयमा अभिमुखीकरण गोष्ठि संचालन गरियो ।

विपद तथा भुकम्प जोखीम न्यूनीकरण सम्वन्धि विषयमा जानकारी पाइ जोखीम न्यूनीकरण गर्न सहयोग मिलोस भनि यो कार्यक्रम संचालन गरिएको हो । विपद तथा विपदमा प्रयोग हुने शब्दावलीको बारेमा जानकारी गराउनुको साथै विपद बाट हुने क्षती न्यूनीकरका लागि अपनाइने उपायको वारेमा जानकारी गराइएको थियो । भुकम्पीय जोखीमको हिसावले बालबालिकाहरु उच्च जोखीममा रहने भएकोले भुकम्प जानुभन्दा पहिले गरिने पुर्वतयारी, भुकम्प गइरहेको अवस्थामा अपनाउनु पर्ने संयमता र भुकम्प पश्चात अपनाउनुपर्ने कार्यको बारेमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया