हतियार उठाउने चाहना छैन ः सुदर्शन

          |   प्रकाशित मितिः सोमवार, माघ ३, २०७३     ::: 511 पटक पढिएको   |  

दैलेख, माघ ३ – नेकपा माओवादी विप्लव समूहका पश्चिम कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शनले आफ्नो पार्टी शान्तिपूर्वक संगठन गरिरहेको र हतियार उठाउने चाहना नभएको बताएका छन् । दैलेख सदरमुकाममा आज दोश्रो जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा पञ्चायतकै शैलीमा चलेको कर्मचारीतन्त्र र सत्ता शैली नबदलिए हतियार उठाउने तर फेरि हतियार उठाउन परे हतियारबाट छुट्टी पाउन हतियार उठाउने उनको तर्क थियो । CPN Maobadi (2) CPN Maobadi (1)त्यसबखत इञ्चार्ज ‘सुदर्शनले माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले पुरानै शासन शैली र कर्मचारी मेशिनरीका कारण नयाँ परिकल्पना अनुसारको शासन व्यवस्था चलाउन नसकेको औल्याए । उनले भने ‘पुरानो साँचोमा हाले पुरानै आकारप्रकारको इट्टा आउछ ।’
कार्यक्रममा भेरीकर्णाली स्वायत्त प्रदेशका इञ्चार्ज रेशम बीसी ‘एटमले राष्ट्रिय एकता र स्वाधीनताको आन्दोलनमा सबै पार्टी र नागरिक समाजहरुको सहकार्य आवश्यक रहेको बताए । शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लालबहादुर बीसीले सरकारी कर्मचारी र नेताका बालबालिका सरकारी विद्यालयमा नल्याएसम्म शैक्षिक गुणस्तर सुधार हुन नसक्ने औल्याए ।
पार्टीका जिल्ला सेक्रेटरी कलमबहादुर बिकको अध्यक्षमा भएको उदुघाटन समारोहमा पूर्वसभासद् भरत रेग्मी, सामना परिवारका केन्द्र्रीय सदस्य हिमशिखर, मुक्त मोर्चाका केन्द्रीय सदस्य दिनेश बिक, जिल्ला नेता जयबहादुर शाही लगायतका नेताहरुले जनजीविकाको सवाल र नेकपा माओवादी विप्लव समूहको राजनीतिक आन्दोलन विषयमा बोलेका थिए ।
सो कार्यक्रममा एमालेका सुशील थापा, नेकपा माओवादी क्रान्तिकारीका दीपक शाही, राजमोका कविराज खत्री, नेमकिपाका रत्नेश श्रेष्ठले पार्टीको जिल्ला अधिवेशनलाई शुभकामना दिएका थिए । त्यसअघि बाजागाजा सहितको जुलुसले नगर परिक्रमा गरी सभामा परिणत भएको थियो ।



Leave a comment

Your email address will not be published.


*