१५ हजार बालबालिकाले पाए सरसफाई ज्ञान

१५ हजार बालबालिकाले पाए सरसफाई ज्ञान

दैलेख, माघ ४ । विशाला गाविस–८ स्थित मंगल आधारभुत विद्यालयमा कक्षा ३ मा अध्ययनरत मदन बि.क. विहानै उठ्छन । विहानको नियमित कार्य सकेपछि उनी सावुन पानीले मिचिमिचि हातमुख धोएर पढ्न बस्छन अनि पढाई भ्याएर केही समय बुवा आमालाई पनि सघाउँछन । यति गर्दागर्दै विद्यालय उनलाई विद्यालय जाने तरखर हुन्छ र खाना खाईवरी समयमै विद्यालय पुग्न हतार गर्छन् । विहानीको खाना खाँदा उनी कहिल्यै पनि सावुन पानीले हात धुन विर्सिदैनन् । खाना खाएपछि आफ्ना कापिकितावहरु सबै मिलाउँछन, च्यातिएका कागजहरु डष्टिविनमा फ्याक्छन । विद्यालय जानु अघि बाबा र आमालाई भन्ने गर्छन् ‘खाना खानु अघि र चर्पि गएपछि सधै साबुनपानिले हात धुनुपर्छ, अनि घर आगन सधै सफा राख्नुपर्छ ।’’
मदन विद्यालयमा पनि कतै फोहर देखिहाले टिपेर डस्टपिनमा हाल्न अप्ठ्यारो मान्दैनन् । विद्यालयमा पनि उनी र उनका साथीहरु कक्षा कोठामा सरसफाईका कुरा गर्छन । आफूले गरेको फोहोर आफै व्यवस्थापन गर्छिन । मदन मात्र नभई दैलेख जिल्लाका प्राथमिक तहमा अध्ययन गर्ने सबै बालबालिकाहरुले यस्तै कार्य गर्ने गरेका छन । विद्यालयबाट फर्किएपछि घरमा पहिलो काम नै सरसफाई गर्नु उनको दैनिकी जस्तो वनेको छ । घरआगन वरपरको सरसफाई गरेर भ्याएपछि सावुन पानीले हातगोडा धोई आमाले दिनु भएको खाजा खाई विद्यालयको गृहकार्यतिर लाग्छन् । केहि समय गृहकार्य गरीसकेपछि आफ्ना छिमेकका साथीभाईसंग केहि समय खेलमा विताउछन् । खेलेर घरमा फर्केपछि उनी फेरी सावुन पानीले हात गोडा मुख धोईवरी आमाले पकाएको मिठो खाना खान भान्सामा जान्छन् ।
‘परिवर्तन मानिसको सृजनसिलताबाट प्रस्फुटित हुन्छ’ भन्ने भनाई कक्षा ३ मा अध्ययनरत छात्र मदनको जीवनमा सावित नै भएको छ । विद्यालयमा भएको साबुन पानीले हातधुने प्रतियोगितामा प्रथम भएपछि मदन बि.क. मा उत्साह छाएको उनका बुबा मेहेरसिहं बि.क.ले बताए । ‘‘अभ्यासले मानिसलाई पूर्ण बनाउछ भन्ने कुरा आज आएर प्रमाणित भएको छ,’ उनले भने–‘अहिले मदनलाई कुनै पनि दिन बिद्यालय जानको लागि कर पनि गर्नु पर्दैन,ब्यक्तिगत र घरायसी सरसफाईमा पनि धेरै नै सचेत देखिन्छ ।’’ यस्तै विद्यालयका प्राधानाध्यापक खगेन्द्र शाहीले पनि विद्यार्थीहरुमा आएको परिवर्तनले आफूहरुलाई समेत अचम्मित बनाएको बताए । “हामिलाई पनि अचम्म लागेको छ,हिजो सम्म पछाडीको बेञ्चमा बस्ने र बस्न रुचाउने मदन एकाएक अगाडीको बेञ्चमा बस्न थालेको छ,’ उनले भने–‘ उस्मा एक प्रकारको उत्साह भरिएको छ ।”
कट्टि गाउँ बिकास समिति वार्ड नं ५ को जन प्रिय आधारभूत बिद्यालयमा कक्षा ४ मा अध्ययनरत छात्र सन्तोष वि.क.को दैनिकि पनि निकै फेरिएको छ । बिद्यालयका प्रधानाध्यापक चक्र बहादुर शाहीको भनाई अनुसार सन्तोष बि.क.लाई बिद्यालयमा सञ्चालित बिद्यालय सरसफाई कार्यक्रमले सरसफाई सम्बन्धी ज्ञान दिएको छ । षन्तोसले आफ्ना साथीभाईहरुलाई समेत हात धुने तरिका सिकाउछन ।
चामुण्डा गाउँ बिकास समिति वार्ड नं ९, रिठागाउँ को दीपज्योति आधारभूत बिद्यालयमा संचालित कार्यक्रममबाट कक्षा ३ मा अध्ययनरत छात्र दिनेश रावतको दिनचर्यामा पनि परिवर्तन ल्याएको छ । उक्त बिद्यालयमा बिद्यालय सरसफाई कार्यक्रम सञ्चालन भए देखिनै दिनेश रावतले आफ्नो ब्यक्तिगत सरसफाईमा बिशेष ध्यान दिन थालेका छन । नियमित रुपमा दाँत माझ्ने,नङ काट्ने,नुवाई धुवाई गर्ने,खाना खानु भन्दा अगाडी हात खुट्टा धुने नगर्ने दिनेशलाई यी कुरा अहिले कसैले सिकाउनुपर्दैन ।
दैलेखका विभिन्न २५ गाविसमा एकीकृत बिकास समाज नेपालद्धारा ‘बिद्यालय सरसफाई कार्यक्रम’ सञ्चालन भएपछि प्राथमिक तहमा अध्ययन गर्ने बालबालिकाहरुमा यस्तो परिवर्तन आएको हो । बालबालिका बिद्यार्र्थीको ज्ञान, धारण र सीप मार्फत अभ्यासमा परिवर्तन ल्याउने उद्देश्यका साथ सुरु भएको यो कार्यक्रमले अहिले दैलेख जिल्लाका करिब १५ हजार बालबालिकामा स्वास्थ्य तथा सरसफाईमा परिवर्तन आएको छ । बालबालिकाहरु आफ्नो र समाजको सरसफाईका बारेमा सचेत बन्न थालेका छन । २५ गाविसका एक सय ७६ गाविसका १४ हजार ८ सय ३२ जना छात्रछात्राहरु लाभान्वित भएको एकिकृत बिकास समाज नेपाल दैलेखका जिल्ला कार्यक्रम अधिकृत रमेश खनालले जानकारी दिए । यस मध्ये ७ हजार ६ सय ५९ जना छात्रा र ७ हजार एक सय ७३ जना छात्रहरु रहेको उनको भनाई छ ।
बालबालिकाहरु सरसफाई मात्र नभई पौष्टिक आहाराको महत्व र आवश्यकताका बारेमा पनि जानकार भएकाछन । संस्थाले कार्यक्रमअन्तर्गत कार्यक्रम लागु भएका विद्यालयह?मा शिक्षक, अभिभाबक, बिद्यालय ब्यवस्थापन समिति, खाजा ब्यवस्थापन समिति, खाजा ढुवानी समिति, वडा नागरिक मञ्च, स्वयम सेबिका, नागरिक समाज, आदिको प्रतिनिधित्व रहने गरि बिद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरेको छ । ती समितिहरुमार्फत घरायसी र वाताबरणीय सरसफाई, पौष्टिक आहारको महत्व र आबश्यकताको बारेमा जानाकारी गराउने गरिएको छ ।
फोहोरको उचित ब्यवस्थापन, दिसा मुखसम्म पुग्न सक्ने माध्यमहरु, जोखिमपूर्ण अबस्थामा अनिबार्य रुपले छ चरण पुरा गरि साबुन पानीको प्रयोग गरी मिचिमिचि हात धुने तरिकाको बारेमा अभ्यासपूर्ण सिकाई गर्ने गरिएको छ । साथै बिद्यालयहरुमा बाल क्लब गठन गरी बालबालिकालाई ब्यक्तिगत सरसफाई, अनिबार्य हात धुनु पर्ने जोखिपूर्ण अबस्थाहरु, फोहोरको उचित ब्यवस्थापन, दिसा मुख सम्म पुग्न सक्ने माध्यमहरुको बारेमा जानाकारी गराउने गरिएको कार्यक्रम संयोजक खनालले जानकारी दिए ।
कार्यक्रम अन्तर्गत जिल्लाका १ सय ६४ वटा बिद्यालयहरुमा बिद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरिएको छ । १ सय ६४ वटा बिद्यालयहरुमा बाल क्लब गठन गरिएको छ । यस्तै एक सय ६४ बिद्यालयहरुमा साबुन पानीले हात धुने तरिका सिकाईएको एकीकृत बिकास समाज नेपाल दैलेखका जिल्ला कार्यक्रम अधिकृत रमेश खनालले जानकारी दिए । एक सय ६४ विद्यालयहरुमै फोहोर ब्यबस्थापनको लागि खाल्डो निर्माण गर्ने निर्णय गरिएको र अधिकांस बिद्यालयमा खाल्डो निर्माण सम्पन्न गरिएको छ । २०७२ चैत्र २ गते देखि सुरु भएको पहिलो चरणको कार्यक्रम यसै वर्षको कार्तिक १५ गते सम्पन्न भइसकेको छ । अहिले दोश्रो चरणको कार्याक्रम संचालन भैरहेको कार्यक्रम अधिकृत खनालले जानकारी दिए ।

प्रतिक्रिया