महोत्सव भब्य गर्ने सर्वदलिय निर्णय

महोत्सव भब्य गर्ने सर्वदलिय निर्णय

दैलेख, माघ १० – ईतिहास लेखनका लागि दैलेख पर्यटन महोत्सवलाई भब्य रुपमा आयोजन गर्नुपर्ने सर्वदलिय निर्णय भएको छ । बैठकमा ईतिहास लेखनका लागि महोत्सव महत्वपूर्ण भएको भन्दै भब्य बनाउन सवैले सहयोग गर्नुपर्ने निर्णय भएको छ ।
महोत्सव सचिवालय रिपोर्टर्स क्लवमा आयोजित बैठकमा नेपाली काँग्रेसका सभापति कृष्णकुमार विसी, नेकपा एमालेका उपाध्यक्ष प्रेम थापा, नेकपा माओवादी केन्द्रका संयोजक कर्णबहादुर बस्नेत, नयाँ शक्ति पार्टीका केन्द्रिय सदस्य विरबहादुर भण्डारी, राप्रपाका उपाध्यक्ष रणबहादुर सिंह, नेपाल मजदुर किसान पार्टीका उपाध्यक्ष रत्नेश श्रेष्ठ जनमोर्चा उपाध्यक्ष कविराज खत्री सहभागी थिए ।

सर्वदलिय बैठकमा सहभागीहरु ।
सर्वदलिय बैठकमा सहभागीहरु ।
सर्वदलिय बैठकमा सहभागीहरु ।
सर्वदलिय बैठकमा सहभागीहरु ।
सर्वदलिय बैठकमा सहभागीहरु ।
सर्वदलिय बैठकमा सहभागीहरु ।

त्यस्तै निमित्त प्रमुख जिल्ला अधिकारी गंगाराम गिरी, स्थानीय विकास अधिकारी डिलाराम पन्थि, दैलेख प्रहरी प्रमुख डिएसपी केदार रजौरे, राष्ट्रिय अनुसन्धानका प्रमुख सुसान्त बराल, नारायण नगरपालिकाका निमित्त कार्यकारी अधिकृत कृष्णप्रसाद श्रेष्ठ सहभागी थिए । सर्वदलिय बैठकमा जिल्लाका पहिलो पटक पर्यटन महोत्सव र राष्ट्रिय मेला हुन लागेको भन्दै खुसी ब्यक्त गरिएको थियो । महोत्सवसंगै राष्ट्रिय कृषि उद्यम, घरेल तथा ब्यापार मेलाको आयोजना गरिएको छ । मेलामा ३८ जिल्लाका उद्यमी किसानहरु सहभागी हुनेछन् । जिल्लाका भित्र उद्यमी किसानहरु अवलोकन गर्नुका साथै किसानहरुविच छलफल समेत चलाईने आयोजकले जनाएको छ । त्यस्तै जिल्लाको पर्यटकिय क्षेत्रमा भ्रमणको प्याकेज समेत गरिएको जनाईएको छ ।
बैठकले दैलेख पर्यटन महोत्सव २०७३ र ईतिहास लेखन कार्यको सहयोगका लागि जिल्लाका सवै निकायहरुले पूर्ण रुपमा सहयोग गर्ने, महोत्सव अवधिमा याुत्रुलाई आउन जान सहज गराउनका लागि दैलेख सुर्खेत र गाँउका बाटोहरु मर्मत सम्भार गर्न सम्वन्धीत निकायहरुलाई माग गर्ने निर्णय गरिएको छ । त्यस्तै महोत्सव अवधिभर जिल्लाका कला संस्कृती प्रर्दशन गरि त्यसको विशेषज्ञहरुद्धारा अवलोकन गरिने र थप अनुसन्धान गर्नुपने संस्कृतविद्हरु गाँउमै जाने भएकाले हरेक गाविसमा रहेका कला संस्कृतीहरु प्रर्दशन गर्ने समन्वयकारी भुमिका जिल्ला विकास समितिको मातहतमा हुने पनि निर्णय गरिएको दैलेख पर्यटन महोत्सवका संयोजक विष्णुप्रसाद शर्माले बताए । महोत्सव धमाका दैनिक, रिपोर्टर्स क्लव दैलेख, धुव्रतारा एफएम र साँझा प्रतिविम्व साप्ताहिकको आयोजना र तिनचुले साप्ताहिक, मातृभुमी संचार केन्द्र, नारायण नगरपालिका, जिल्ला घरेलु तथा साना उद्योग विकास समितिको सहआयोजनामा हुन लागेको हो ।

प्रतिक्रिया