श्रीमतिमाथि आगो लगाउने राजेन्द्र पक्राउ, श्रीमतिको मृत्यू

श्रीमतिमाथि आगो लगाउने राजेन्द्र पक्राउ, श्रीमतिको मृत्यू

विश्वराज पछल्डङ्ग्या
नेपालगन्ज, १९ माघ, नेपालगन्ज उपमहानगरपालिका–१२, खटकनपुर्वाका राजेन्द्र खटिकलाई प्रहरीले पक्राउ गरेको छ । यहि माघ ६ गते राति करिव ९ वजे सामान्य विवादमा आफ्नै श्रीमति सुनिता खटिकमाथि मट्टीतेल छर्केर आगो लगाई फरार रहेका खटिकलाई प्रहरीले बुधबार नेपालगन्ज उपमहानगरपालिका–२०, जमुनहाबाट पक्राउ गरेको हो ।
घाइते सुनिताको माघ १८ गते मंगलबार राति उपचारकै क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौँमा मृत्यु भएको प्रहरीले जनाएको छ । विशेष सुराकीको आधारमा राजेन्द्रलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।
पक्राउ परेका खटिकको बारेमा अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।
राजेन्द्रले आफ्नी श्रीमति २२ वर्षीया अनिशालाई टुकीमा रहेको मट्टितेल खन्याई आगो लगाई मार्ने प्रयास गरेको प्रहरीले आरोप लगाएको छ । आगलागीबाट अनिशाको स्तन, मुख र टाउको जलेको थियो ।
घटना लगत्तै अभियुक्त राजेन्द्र फरार भएकोले उनले नै आगो लगाएको निष्कर्षमा प्रहरी पुगेको छ । नेपालगन्जमा उपचार सम्भव नभएपछि अनिशालाई थप उपचारका लागि काठमाडौँ लगिएको थियो ।

प्रतिक्रिया