मानसिक सुन्तलन ठिक नभएका वि.सी भेरी नदिमा वेपता

मानसिक सुन्तलन ठिक नभएका वि.सी भेरी नदिमा वेपता

दुर्गा वि.सी
सल्यानको घाँजरीपिपल ६ डुडाखोला निवासि वर्ष २२ का बालकृष्ण वि.सी आज दिउसो भेरी नदिमा वेपता भएका छन् । सल्यानको देवस्थल ६ अम्रा नजिकै भेरी नदिको तीरमा पुगेको वेला उनलाई नदीले वगाएको स्थानीयले जनाएका छन् । मानसिक सुन्तलन ठिक नभएका वि.सी विहानै घरबाट निस्केको र दिउसो वि.सीलाई भेरी नदिले वगाएको खबर थाहा पाए पछि घरपरिवार छरछिमेक खोजीको लागि भेरी नदि किनारमा तैनाथ भएका छन् । अर्को तर्फ इलाका प्रहरी कार्यलय सल्लीवजारको टोली लगाएत स्थानीयले खोजी कार्य जारी राखेको वताएको छ । त्यसै गरि केहि दिन अगाडि भेरी नदिमा नुहाउने क्रममा ढुङ्गाबाट चिप्लेर भेरी नदिले डुवाउदा घाँजरीपिपल ७ सँग्रहि घर भएका गोविन्द नेपालीको मृत्यु भएको थियो ।

प्रतिक्रिया