स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका सामाजिक परिचालकको प्रदेश नं. ६ को भेला सम्पन्न

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका सामाजिक परिचालकको प्रदेश नं. ६ को भेला सम्पन्न

सुर्खेत माघ २८ गते स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका सामाजिक परिचालकको प्रदेश नं. ६ को भेला सम्पन्न भएको छ । उक्त भेलावाट सामाजिक परिचालक हकहित संरक्षण केन्द्र नेपालको अध्यक्ष मा टेक बहादुर कसेरा सुर्खेत, उपाध्यक्षमा लक्षमण कुमार साही रुकम, सचिब जनक प्रसाद अधिकारी दैलेख, कोषाध्यक्षमा बिष्णुमति बुढा डोल्पा, सदस्यहरुमा क्रमश डिल बहादुर बठायत कालिकोट, मञ्जु बुमि फडेरा हुम्ला, द्वारिका प्रसाद बुढा जजरकोट, सुशिला बिक सुर्खेत, सोबिना बानिया मुगु रहेका प्रदेश स्तरिय समिति गठन भएकोछ ।

LGCDP2 LGCDP1 LGCDP१० जिल्लाका सामाजिक परिचालकहरुको भेलामा प्रमुख अतिथि सुर्खेत जिविस सामाजिक बिकास अधिकृत टँक प्रसाद लामिछाने, विशेष अतिथि हकहित संरक्षण समितिका केन्द्रिय महासचिब देबिराम कुसारि लम्साल, अतिथी केन्द्रीय सदस्य पुर्ण साही र १० वटा जिल्लाका सामाजिक परिचालन जिल्ला समन्वय समितिका अध्यक्ष र जिल्ला प्रतिनिधिहरु गरी ८० जना सामाजिक परिचालकहरुको उपस्थिति रहेको थियो । भेलावाट सुर्खेत धोषणा पत्र जारी गरिएको थियो ।

प्रतिक्रिया