असल अभ्यास प्रवद्र्धन

असल अभ्यास प्रवद्र्धन

दैलेख, माघ २९ – यूनेस्कोले दीगो विकासका लागि विद्यालय स्तरीय असल अभ्यास प्रवद्र्धन सम्वन्धी क्षेत्रीय स्तरको ३ दिने कार्यशाला दैलेख सदरमुकाममा आजदेखि सुरु गरेको छ । शिक्षाको माध्यमबाट शान्ति संस्कृतिको विकास, आपसी सदुभाव, सहनशीलता, मर्यादा र समानता विविध पक्ष विषयमा असल सिकाईहरु आदानप्रदान हुने बताइएको छ ।
कार्यशालामा यूनेस्कोका सहायक महासचिव डा. कमलेश्वरप्रसाद सिन्हाले विश्वव्यापी दीगो विकास लक्ष्य ४ अन्तरगत गुणस्तरीय शिक्षा विषयमा सहजीकरण गरिरहनुभएको छ । कार्यक्रममा शिक्षा मन्त्रालयका उपसचिव भोजराज त्रिपाठीले दीगो विकास अवधारणा र यूनेस्कोका कार्यक्रम अधिकृत बिष्णु बेलबासेले जलवायू परिवर्तनको विषयमा प्रस्तूत गर्नुहुनेछ ।
यसअघि यूनेस्कोको कार्यक्रम सञ्चालन भएका बाँके, बर्दिया, सुर्खेत र डडेल्धुराका ४ वटा विद्यालयका असल सिकाई अभ्यासबारे अहिले दैलेखका १०, कालिकोट र सुर्खेतका केही नयाँ कार्यक्रम सुरु भएका विद्यालयका शिक्षक तथा विद्यार्थीहरुवीच अनुभव प्रस्तूत गरिने छन् ।

प्रतिक्रिया