जयबहादुर चन्द नेपाल प्रहरीको महानिरीक्षक नियुक्त, सशस्त्रमा सिंहबहादुर श्रेष्ठ

          |   प्रकाशित मितिः आइतवार, फाल्गुन १, २०७३     ::: 280 पटक पढिएको   |  

१ फागुन, काठमाडौं । सरकारले डीआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गरेको छ । आइतबार बिहान बसेको बैठकले चन्दलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पहिलो नम्बरमा नवराज सिलवाल र दोस्रो नम्बरमा प्रकाश अयार्ल छन् । तर, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबावमा चन्दलाई प्रहरी प्रमुख बनाइएको हो ।आईजीपीका दाबेदार चार डीआईजीमा चन्द वरियता क्रममा तेस्रो नम्बरमा थिए ।

नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको समय आइतबारबाट सकिँदैछ ।

सशस्त्रमा सिंहबहादुर श्रेष्ठ

मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको प्रमुखमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । सशस्त्र प्रहरी प्रमुखका लागि तीन श्रेष्ठसँगै एआईजी प्रेमबहादुर शाही र प्रकाश ओझा दाबेदार थिए ।

शसस्त्र प्रहरीका प्रमुख दुर्जकुमार राईको कार्यकाल चैतमा सकिँदैछ ।

 

 



Leave a comment

Your email address will not be published.


*