बलात्कारका आरोपीलाई छ वर्ष कैद

बलात्कारका आरोपीलाई छ वर्ष कैद

दैलेख, फागुन २ – १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपी दैलेखको चामुण्डा गाविस–६ का १८ वर्षीय लक्ष्मण शाहीलाई दैलेख जिल्ला अदालतले ६ वर्ष कैद गरेको छ ।
जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजलासले आज गरेको फैसलामा ६ वर्ष कैदको अलवा पीडितलाई १० हजार क्षतिपूर्ति तिर्नुपर्ने आदेश भएको श्रेस्तेदार अधिकृत रमेश श्रेष्ठले जानकारी दिनुभयो ।
गत साउन १३ गते ती बालिकालाई बन्धक बनाई बलात्कार गरेको भनी पीडित पक्षले जाहेरी दिएकोमा प्रहरीले आरोपितलाई साउन १८ गेत सुर्खेतबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया