प्रारम्भिक कक्षा पढाई सिप विकास तालिम सुरु

प्रारम्भिक कक्षा पढाई सिप विकास तालिम सुरु

दैलेख, फागुन ४ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा परियोजनाले दैलेखका विभिन्न १० गाउँविकास समितिका प्राथामिक तहका शिक्षकका लागि प्रारम्भिक कक्षा पढाई सिपविकास तालिम दिएको छ । ४ दिने तालिम बुधबार दैलेखमा सुरु भएको छ ।
तालिममा शिक्षकले प्रारम्भिक कक्षामा कसरी विद्यार्थीको सिकाई उपलब्धी बढाउने भन्ने विषयमा सिकाइने आयोजकले जनाएको छ । बाल मैत्री कक्षा सञ्चालन गरी बालबालिकाको सिकाई वृद्धि गर्नु तालिमको मुख्य उद्देश्य रहेको परियोजना संयोजक रत्न बुढाले बताए । उनले विद्यालयमा विद्यार्थीलाई कुनै पनि सजाय नगरी पढाउनुपर्ने बताए । उनले विद्यार्थी विद्यालयमा आउन खुसी हुनुपर्ने अनिमात्र ति विद्यार्थीको सिकाई उपलब्धी बढ्ने बताए । उनले कक्षा कोठा तथा विद्यालयको वातावरण बालमैत्री हुनुपर्ने बताए । उनले परियोजनाले विभिन्न तालिम, भौतिक सुविधा दिएर बालबालिकाको सिकाई उपलब्धी बढाउन सहयोग गरिरहेको बताए ।
सेभ द चिल्ड्रेन दैलेखका संयोजक सुजन कटुवालले तालिमका क्रममा सिकेका विषयलाई कक्षा कोठामा पनि प्रयोग गर्नुपर्ने बताए । उनले तालिमबाट सिकेका विषय प्रयोग नभए परियोजनाको लक्ष्य पुरा नहुने बताए ।

प्रतिक्रिया